काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफ्नो ग्राफ ह्वात्तै घटाएकी छिन् । उनको ग्राफ घट्नुको कारण हो उनको विवाह । वास्तवमा विवाह व्यक्तिगत विषय हो । तर, सार्वजनिक व्यक्ति त्यो पनि सांसदको विवाह व्यक्तिगत हुन सक्दैन । राजनीतिक गर्नेको विवाह पनि राजनीति नै हुन्छ । सोविताले विवाह गरेरै राजनीति गरिन् । तर, सोवितालाई विवाह गर्न गृहेन्द्रले पहिलो पत्नीसँग पारपाचुके गरेको खुलेको छ । उनको पहिलो पत्नीतर्फ दुई सन्तान छन् । सोवितासँग प्रेम सम्बन्धका कारण गृहेन्द्रले पहिलो घरबार नै बिगारे ।
गृहेन्द्र विवादास्पद व्यापारी पनि हुन् । उनको धन्दा नै विवादमा परेको छ । सोविताको जुन उचाई बनेको थियो राजनीतिमा अहिले त्यो ह्वात्तै घटेको छ । गृहेन्द्रका कारण उनी यहाँसम्म पुग्न आर्थिक लाभले साथ त दियो तर यो विवाहले उनको राजनीतिलाई धक्का दिन पुग्यो । काठमाडौंका जनताले जुन आशाका साथ उनलाई मत दिए त्यो निराशामा बदलिएको छ । रवि लामिछानेको पनि दुईवटा घरजम बिग्रिएको थियो । अहिले सोविताले अर्काको घरजम बिगारेर आफ्नो घर बसालेपछि रास्वपा त्यस्तै मान्छेहरु थुप्रिएको पार्टीका रुपमा बदनाम हुन थालेको छ ।
गृहेन्द्र निकै विवादित व्यक्ति हुन् भन्ने उनको गतिविधिले झन् पुष्टि गरेको छ । घिमिरेले विवाह पूर्व नै आफ्नो फेसबुक एकाउन्ट लक गरे । उनको एकाउन्ट खोलिदैन । यसको कारणबारे खोजबिन भएपछि धेरै तथ्य पत्ता लागेको छ । आफ्नो विषयमा तथ्यहरु बाहिर आउलान् भनेर गृहेन्द्र आत्तिए । उनी सार्वजनिक रुपमा आफ्नो यथार्थ बोल्न समेत डराइरहेका छन् । सोविता पनि बोल्न नसक्ने अवस्थामा पुगेकी छिन् ।