काठमाडौं । सुन पचाउने क्षमता कुखुराले मात्र राख्छ । निल्यो कि पचाइहाल्यो । यहाँ त ११ किलो सुन पचाउन खोजिएको छ त्यो पनि पशुपतिनाथको । देशमा गणतन्त्र त आयो तर भ्रष्टाचार र अपराध यो हदसम्म पुगेको छ कि कुनैपनि बेला विष्फोट हुनसक्छ । पशुपतिनाथमा ११ किलो सुन जलहरीबाट गायब बनाउन ठूलै गिरोह लागेको बुझिएको छ । यो प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र नै लागे ।
पशुपति विकास कोषमा मिलन थापालाई ल्याउनुमै चलखेल थियो । इशाई मिसिनरीसँग नजिक थापाले पशुपतिमा चलिआएको प्रचलनमाथि धावा नै बोले । सुस्तरी उनले एकपछि अर्को संरचनामाथि आक्रमण नै चलाए । थापा विगतमा कोषको कोषाध्यक्ष थिए । पैसाको चलखेल राम्रो बुझेकाले उनलाई ल्याइयो । जलहरीमा ११ किलो सुन गायब घटनामा पनि उनी जोडिएका छन् । पशुपतिनाथमा जलहरीको हिसाब राम्ररी नबुझाएकाहरु तर्सिएका छन् अहिले । माओवादीले यसबारे प्रश्न नै उठायो ।
भुटानी शरणार्थी प्रकरण उठेपछि प्रचण्डमाथि लडाकु शिविरको भ्रष्टाचारको आरोप लगाइयो । यो विषय एमालेले संसदमा जोडतोडले उठायो । त्यसको प्रतिकारस्वरुप माओवादी सांसदले जलहरी प्रकरण उठाइदिए । यसले निकै विवाद भयो । जलहरी काण्डबारे कुरा उठाएका थिए । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले । अर्काको विरुद्ध जे पनि बोल्न पाइने र आफ्नाविरुद्ध बोलेपछि सदन नै रोक्ने हर्कत एमालेले देखाएको छ । भित्र भित्र नेताहरुले आफूहरुलाई छुने गरी विषय नउठाउने सहमति गरेका छन् । त्यसैले भुटानी शरणार्थी प्रकरण मन्द हुँदै गएको छ । जलहरी काण्ड उठेपछि एमालेले शिविरको अनियमितताको आरोपको विषय उठाउन छाडेको छ ।
महालेखाको प्रतिवेदनले नै जलहरीमा घोटालाको विषय छर्लङ्ग पारिदिएको छ । ११ किलो सुन नै पित्तल या अन्य धातु बनाइएको छ । पशुपतिनाथमा जलहरी लगाउँदा सुनमा ११ किलो पित्तल लगाएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन आएको संसदमै उल्लेख भयो । त्यतिबेला प्रधानमन्त्री थिएओली । आफू जलहरीलाई सुन दिने निर्णयमा भएको तर सुन जोख्नेमा नभएको प्रतिक्रिया दिएर पन्छन खोजेका छन् अहिले । यसलाई भनिन्छ गैरजिम्मेवारीपन । पशुपतिनाथको भक्त नै जसरी ओलीले प्रधानमन्त्री हुँदा जलहरीका लागि ३० करोड नेपाली रुपैयाँ दिने निर्णय गराए । के के नै गरेको जस्तो त गरे तर त्यसमा पनि घोटाला भयो ।
२०७७ फागुनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको गर्भ गृहमा रहेको शिवलिङ्गमा ९६ किलो सुनको जलहरी राखिएको थियो । यो विषय विवादमा परेको थियो । ओलीले आफू हिन्दु धर्मप्रति आस्थावान भएको देखाउन खोजे । जलहरी त हाले तर फेरि धर्मनीरपेक्षको पगर बाँधेर फलाक्न थाले । ओलीले जलहरीमा आफ्नो वास्तविकता उजागर गरेका छन् । अहिले विवादमा परेपछि प्रचण्डसँग आफूहरुलाई अप्ठ्यारो पर्ने बोली नबोल्ने सहमति बनाएका छन् ।