19.1k
Shares
काठमाडौं, १४ जेठ । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित गरिएको छ । आइतबार बसेको संघीय संसदको संयुक्त बैठकले सो नियमावली बहुमतले पारित गरेको हो ।
पारित नियमावलीले यसअघिकै संसदीय सुनुवाइ समितिले सुनुवाइका लागि पत्र प्राप्त भएको ४५ दिनभित्र संसदीय सुनुवाइ गरिसक्नुपर्ने नियमलाई यथावत राखेको छ । यसलाई संशोधन गरिनुपर्ने आवाज भने उठेको थियो । ४५ दिनभित्र संसदीय सुनुवाइ हुन नसके नियुक्ति पाउन सक्ने प्रावधानलाई नियमावलीमा निरन्तरता दिइएको छ ।