मकवानपुरमा ६० मिटरब्याजीविरुद्ध उजुरी

17.9k Shares

हेटौँडा, १३ जेठ। जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मिटरब्याजविरुद्ध ६० उजुरी परेका छन् । सरकारले वैशाख १६ गतेदेखि मिटरब्याजविरुद्ध उजुरी दिने आह्वान गरेपछि ६० मिटरब्याजी पीडितले उजुरी दिएका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार हेटौँडा उपमहानगरपालिकाबाट २६, मकवानपुरगढी गाउँपालिकाबाट ६, भीमफेदीबाट १२, कैलाश गाउँपालिकाबाट तीन, इन्द्रसरोवर गाउँपालिकाबाट तीन र जिल्लासँग सम्बन्धित काठमाडौंबाट दुई र ललितपुरबाट एक जनाको उजुरी परेको छ ।

“मिटरब्याजको धन्दा सञ्चालन गर्ने समूहबाट पीडित भएको भन्दै सर्वसाधारणले उजुरी गरेका छन्”, उनले भने । उजुरी दर्ता गर्ने समय यही जेठ १४ गते सम्म तोकिएको छ । उजुरी दर्ता अवधि सकिएपछि दुवै पक्षलाई बोलाएर छलफल शुरु गरिने जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखाले जनाएको छ। 

सम्बन्धित समाचार