सुमेरु अस्पतालमा अत्याधुनिक प्रयोगशाला संचालनमा

16.4k Shares

सर्वसाधारणलाई राजधानीका केही हस्पिटलहरुको ल्यावको परिक्षणमा फरक—फरक रिपोर्ट आउने गरेको पाइन्छ । यसले गर्दा व्यक्तिको रोगको पहिचान गरी उपचार विधि अप्नाउन डाक्टरलाई समेत समस्या पर्ने गरेको डाक्टरहरुको भनाई रहेको छ । जसमा विभिन्न कारणहरु रहेको हुन्छन् ।
विरामीको सजिलै रोग पहिचानका लागि धापाखेलस्थित सुमेरु अस्पतालमा अत्याधुनिक प्रयोगशाला संचालनमा छ । सो अस्पतालको प्रयोगशाला (ल्याव)मा अत्याधुनिक उपकरण तथा उच्चस्तरीय प्राविधिक भएकै कारण विरामीको रिपोर्टमा विश्वसनीयता बढेको पाइएको छ । 
धापाखेलस्थित सुमेरु अस्पतालको प्रयोगशालामा स्नातक गरेका विज्ञहरुबाट परिक्षण गरिनुका साथै प्रत्येक विषयका विज्ञहरुबाट रिपोर्ट भेरिफाई गर्ने हुनाले पनि रिपोर्टमा विश्वसनीयता बढ्नुको अर्को कारण भएको सो अस्पतालमा रोगको परिक्षण गराउन आउने सेवा ग्राहीहरुको भनाई रहेको छ । 
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त उपकरण तथा त्यसमा प्रयोग हुने रियजेन्टको कारण पनि परिक्षणको रिपोर्टमा विश्वसनीयता र भरोसा भएको सुमेरु अस्पतालमा उपचारारत विरामी र विरामीका आफन्तले बताउने गरेका छन् । 
कुनै पनि रोगीको परिक्षण एउटा मात्र कारणले असर गर्ने नभई यसका विभिन्न कारणहरुमा भर पर्ने सो अस्पतालमा कार्यरत बायोकेमिस्ट डा. अमित लामिछाने बताउनुहुन्छ । दैनिक आन्तरिक र बाह्य क्वालिटी कन्ट्रोल गर्ने हुनाले सुमेरु अस्पतालको प्रयोगशाला अन्तर्राष्ट्रिय स्तरको भन्दा फरक नभएको डा. लामिछाने बताउनुहुन्छ । रोग परिक्षण, रिपोर्टको विश्वसनीयता र अस्पतालले दिने गरेको विभिन्न प्याकेजका कारणले पनि यस अस्पतालले नाफामूलक भन्दा पनि सेवामूलक सेवा दिइरहेको डा. लामिछानेको भनाई रहेको छ ।
विशेष गरी पछिल्लो समय नेपालमा खानपिनलगायत विभिन्न कारणले गर्दा मधुमेह, मृगौला, मुटु रोगीहरु बढ्ने क्रम धेरै नै छ । मधुमेह, मृगौला, मुटु् रोगबाट पीडित विरामीहरुका लागि यस अस्पतालले विशेष प्याकेजको व्यवस्था पनि गरेको छ भने प्रयोगशालाको प्रत्येक विभागका त्यससम्बन्धी विज्ञहरुको प्रत्यक्ष निगरानीमा संचालित भएकै कारणले पनि रिपोर्टमा विश्वसनीयता भएको प्रयोगशालाका प्रमुख पुष्प राज खनाल बताउनुहुन्छ ।
विरामीको रोग पत्ता लगाउने मुख्य आधार प्रयोगशालाबाट आएको रिपोर्टबाटै भएको र सोही अनुसार उपचार विधि अप्नाउनुपर्ने भएकोले प्रयोगशालामा भएका उपकरणहरु गुणस्तरयुक्त र राज्यले तोकेको मापदण्डअनुसार मान्यताप्राप्त हुनुपर्छ । सुमेरु अस्पतालले गुणस्तरीय र राज्यले तोकेको मापदण्ड अनुसार मान्यता प्राप्त उपकरण र रियजेन्टको लागि कुनै कम्परमाइज नगरेको कारणले पनि यस अस्पतालमा संचालित प्रयोगशालाबाट आउने रिपोर्ट विश्वसनीयता भएको प्रयोगशाला प्रमुख खनाल बताउनुहुन्छ । 
स्वास्थ्य क्षेत्रमा आफ्नो पहिचान बनाई सकेका लामो अनुभव बटुलेका प्याथोलोजिस्ट, डा. समिर न्यौपाने र डा. सुजन शर्मालगायतको टिमले भरिपूर्ण सुमेरु अस्पतालको प्रयोगशाला छोटो समयमै व्यवस्थित बनेको छ । 
यस अस्पतालको प्रयोगशालाको रिपोर्टले विरामीको रोगको पहिचान गरी विरामीको उपचार विधि अपनाउन डाक्टरहरुलाई निकै सहज भएको कुरा सुमेरुमा कार्यरत डाक्टरहरुले बताएका छन् । करिब एक वर्षदेखि महामारीकै रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व नै आतंकित बनिरहेको अवस्थामा समेत यस अस्पतालद्वारा संचालित प्रयोगशालाले कुनै पनि परिक्षणका लागि एक दिन पनि बन्द नगरी सेवाग्राहीहरुलाई सेवा दिँदै आइरहेको छ । दक्ष जनशक्ति, आधुनिक उपकरण सोफिस्टिकेटेड स्थानको कारणले पनि यस अस्पतालमा रहेको प्रयोगशालाले जनमानसको मन जित्न सफल बनेको छ ।
प्रयोगशालाको प्रत्येक विभागमा गुणस्तरयुक्त अटोमेटेड मेसिनबाट तत्काल परिक्षण गरिने व्यवस्थाका साथै आधुनिक हिस्टो प्याथोलोजि र ब्लड बैंक  विभाग पनि थप गरी संचालनमा ल्याइएको सिनियर कन्सल्टेन्ट प्याथोलोजिस्ट डा. सुजन शर्मा बताउनुहुन्छ । यस ल्यावमा हाल अत्यन्त उच्च तहबाट विभिन्न किसिमको स्पेशल परिक्षणहरु गरिँदै आइरहेको कुरा प्रयोगशाला इन्चार्ज प्रविन थापा बताउनुहुन्छ ।

सम्बन्धित समाचार