'नीरफूल' टिमले तामाङ पत्रकार संघलाई ५० हजार सहयोग गर्ने

19.3k Shares

काठमाडौं, ७ जेठ । फूलमान वल तामाङको लेखन तथा निर्देशन रहेको नीरफूल टिमले तामाङ पत्रकार संघलाई ५० हजार सहयोग गर्ने भएको छ। नेपाल टेलिभिजनका महाप्रबन्धकसमेत रहेका वलले पत्रकार संघको अक्षयकोषका लागि फिल्मले ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्ने हुन्।

तामाङ पत्रकार संघको राष्ट्रिय भेलामा निर्देशक वलले उक्त घोषणा गरेका हुन्। नीरफूल जेठ २६ बाट हलहरुमा प्रदर्शनमा आउँदैछ। फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिग्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय छ।

सम्बन्धित समाचार