वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सचेतना कार्यक्रम

9k Shares

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकाभित्र विभिन्न टोल र गाउँबस्तीका स्थानीय बासीहरुलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धि आवश्यक सूचना तथा जानकारी प्रदान गर्ने कार्यलाई अहिले तीव्र पारिएको छ । 

कोहलपुर नगरपालिकामा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत नगरपालिकाका १५ वडाका विभिन्न गाउँबस्तीहरूमा वैदेशिक रोजगारीमा जान चाहने सम्भावित व्यक्तिहरूलाई समुदायस्तरमा पुगेर सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि जानकारी गराउने काम भइरहेको नगरपालिकाले जनाएको छ । 

रोजगार सेवा केन्द्र कोहलपुरका संयोजक आषिश बर्माले नगरपालिकाका विभिन्न बस्तीहरूमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धि आवश्यक न्यूनतम सूचना तथा जानकारी र वैदेशिक रोजगार सम्बन्धि सेवाहरू प्रदान गर्न सरोकारवालाहरूको सेवा तथा सम्पर्क ठेगानाहरूको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमहरु सञ्चालन भइरहेको बताउनुभयो। 

सम्बन्धित समाचार