बार्सिलोनाको सुखद सुरुवात

21.7k Shares

काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सुखद सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ ले पराजित गरेको हो ।

गत सिजन कमजोर प्रदर्शन गरेको बार्सिलोनाले यो सिजन सहज जित निकाल्दै  सुखद सुरुवात गरेको हो । घरेलु मैदानमा बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले दुई गोल गरे । जेरार्ड पिके र सेर्जी रोबर्टोले एक/एक गोल गरे । सोसिडाडका जुलेन लोबेटे र मिकेल ओयार्जाबलले एक/एक गोल फर्काए ।

खेलको १९औँ मिनेटमा पिकेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा ब्रेथवेटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ५९औं मिनेटमा ब्रेथवेटले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३–० बनाए ।

सोसिडाडका लागि खेलको ८२औँ मिनेटमा जुलेनले गोल गर्दै टिमलाई ३–१ ग्को अवस्थामा ल्याए । ८५औँ मिनेटमा मिकेलले गोल गर्दा सोसिडाड ३–२ को अवस्थामा आयो । खेलको इन्ज्युरी समयमा रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ४–२ को जित दिलाए । जितसँगै बार्सिलोनाले ३ अंक जोड्यो ।

सम्बन्धित समाचार