बाहिनीमा तानिएका घुमुवाको धन्दा, तस्करहरू लग्दै गणपति भेटाउँदै

18.5k Shares

भैरहवा । सशस्त्र प्रहरीका बरिस्ठ हवल्दार रेशम महतरा र सिपाही तेज बहादुर सिंह अहिले लुम्बिनी प्रदेश स्थित सशस्त्र प्रहरी बलको बाहिनीमा तानिएका छन् । उनीहरूलाई झण्डै दुई महिना अगाडि तानिएको थियो । रूपन्देही स्थित सशस्त्र प्रहरीका एसपीका घुमुवा हुन उनीहरू । रेशम रूपन्देहीमा सशस्त्रका गणपतिको रकम उठाउने , तस्कर भेटाउने र तस्करहरूसंग सेटिङ मिलाएर तस्करी गराउने काममा झण्डै दस बर्षदेखि क्रियाशील छन् ।दशौं बर्षदेखि घुमुवा भएर तस्करी गराउने र रकम उठाउने काममा लागेर धेरै बदनाम भएपछि केही बर्ष अघि एकाध महिना जुम्ला लखेटिएका रेशम फेरि सेटिङ मिलाएर रूपन्देही नै फर्कन सफल मात्रै भएनन फेरि घुमुवा नै बस्न सफल भए । उनले सिपाही तेज बहादुरलाई सहायकको रूपमा परिचालित गरेका छन् । यसरी संगठनकै बदनाम हुनेगरी तस्करी गराउने र रकम उठाउने काममा संलग्न भएको कारण सशस्त्र प्रहरी बलको लुम्बिनी प्रदेशका डिआइजी बिदुर खड्काले बाहिनीमा तानेर राखेका छन् ।
तर अचम्म र बिडम्वना कति सम्म भने बिचरा डिआइजी बिदुर खड्कालाई के थाहा । बाहिनीमा तानिएका यी बदनाम घुमुवाहरू हप्ताको तीन दिन बाहिनीबाट आउट गएर पुरानै उठन्ती धन्दामा संलग्न भएको कुरा ।सिपाही हवल्दार आउट जाने कुरा डिआइजीको तहसम्म जाहेर हुने कुरा पनि भएन ।थाहा भए डिएसपीको तहसम्म मात्रै न हो । बाहिनीको प्रशासन हेर्ने डिएसपी , निरीक्षक र सुवेदार मेजरलाई यी र यस्ता घुमुवाहरूले भनेजस्तो गरि पालेर राख्ने नै भए । त्यसैले त उनीहरूले यी दुई बदनाम भएर तानिएका घुमुवा वरिष्ठ हवल्दार रेशम महतरा र सिपाही तेज बहादुर सिंहलाई आउट छोड्ने मात्रै होइन हरेक हप्ता तीन दिन आउट ।
रूपन्देहीमा घुमुवा बसेकै भरमा बुटवलमा सुबिधाजन्य आलिशान महल बनाउन सफल महतरा र उनको सहायक तेज बहादुरले बाहिनीबाट हिडे पछि रूपन्देहीका तस्करहरू भेट्ने मात्रै होइन तस्करहरूलाई लगेर सशस्त्रका रूपन्देहीका गणपति दीपक थापालाई भेटाउने समेत गर्दै आइरहेका छन् । यसैसाता मात्रै रूपन्देहीका कपडाको चर्चित तस्करहरू दिपेश र राजेशलाई लगेर यी घुमुवाहरूले एसपी दीपक थापालाई भेटाएका थिए । ठूला र चर्चित तस्करहरूलाई लगेर एसपी थापालाई भेटाउने मात्रै होइन अन्य व्यापारी र तस्करहरूसंग रकम उठाउने काम गरिरहेका छन् । यो कुरा धेरै व्यापारीहरूले सार्वजनिक गरिरहेका छन् । अहिले सशस्त्रका एसपी दीपक थापाले तस्करहरू भेटेपछि दिपेश र राजेशलाई एयरपोर्ट पछाडि मर्जगांउबाट तस्करीको लाइन दिएका छन् ।यी तस्करहरूले अहिले यो नाकाबाट ठूलो मात्रामा कपडाको तस्करी गरिरहेका छन् ।
कोषराज वन्त सशस्त्र प्रहरी महानिरीक्षक हुदा कार्यदलमा निमित्त एसपी भएको बखत काण्ड लागेर बांकेको नौबस्ता स्थित तालिम केन्द्रमा लखेटिएका एसपी दीपक थापा अहिले पुराना घुमुवा प्रयोग गर्दै तस्कर भेट्ने र उनीहरू मार्फत रकम उठाउने अभियानमा सक्रिय देखिएका छन् । 
अख्तियारले रंगेहात २०हजार घुष लिदालिदैं सशस्त्र प्रहरी बलको रूपन्देही स्थित बेशक्याम्प बिष्णुपुरामा कार्यरत सहायक हवल्दार नगेन्द्र सेनलाई पक्राउ गर्यो । तर अचम्म र बिडम्बना के भने सशस्त्रको बाहिनी र मुख्यालयले न त उक्त बेशको प्रमुख रहेका सशस्त्र प्रहरी निरीक्षक नवराज शाहीलाई बाहिनी वा मुख्यालय नै तानेको छ न त एउटा स्पष्टीकरण नै सोधेको छ । अख्तियारले उनको घुमुवा प्रहरीलाई घुष लिदालिदैं पक्राउ गर्दा पनि उनलाई जोगाइएको छ । अख्तियारले अनुसन्धानका लागि कार्यालय प्रमुखको हिसाबले उनलाई पत्राचार गरेको भए पनिअख्तियारको पत्र समेत लुकाएको समाचार स्रोत बताउँछ । निरीक्षक शाहीले सहायक हवल्दार नगेन्द्र सेनलाई पैसा उठाउन घुमुवाको रूपमा परिचालन गर्दै आइरहेका थिए । सशस्त्र प्रहरी बल, सुरक्षा बेसक्याम्प, विष्णुपुरका सहायक हवल्दार नगेन्द्र सेनलाई अख्तियारको बुटवल कार्यालयको टोलीले रंगेहात पक्राउ गरेको हो।ट्याक्टरमा माटो ओसारपसार गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा आयोगको टोलीले सेनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।उनलाई रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं। ३ मंगलपुरबाट नियन्त्रणमा लिएको हो।
एसपी दीपक थापालाई पनि सशस्त्र मुख्यालयले खुलेयाम तस्करी गराउने र तस्करहरूसंग पुराना घुमुवा मार्फत रकम असुली गरेको घटनाहरू सार्वजनिक हुदाहुदै पनि न त छानबिन , न त मुख्यालय नै तानेको छ ।यसबाट उनको सेटिङ र तस्करी धन्दाबाट उठाएको रकम सशस्त्र प्रहरीको मुख्यालय सम्म पुग्ने गरेको त छैन भन्ने प्रश्न उठेको छ । कि त दुई चार सय लिने सिपाही हवल्दारलाई मात्रै कारवाही हुन्छ माथिल्लो दर्जाले जतिसुकै घुष खाएपनि र तस्करी गराएपनि छुट हुन्छ भन्ने नीति सार्वजनिक हुनुपर्यो होइन भने खुलेयाम तस्करी गराउने , तस्करसँग घुष लिने निरीक्षक होस या एसपी कार्वाही हुनुपर्यो एक डिआइजीले आफ्नो तितो पोखे । 
सीमावर्ती क्षेत्रमा खटिएका सिपाहीले दुई सय घुष खाए अनि सिपाही हवल्दारको खल्तीमा दुई चार सय भेटियो भनेर एसपीलाई तान्ने सशस्त्र प्रहरी मुख्यालयले भने रूपन्देहीको तस्करी सन्जाल थाहा पाएको रहेनछ कि रु

सम्बन्धित समाचार