थुपारेको गिटीमा कुकुरले मान्छेको टाउँको लुच्छ्न थालेपछि...

16.1k Shares

वैतडी, १७ वैशाख/बैतडीको पाटनमा कुकुरले लग्दै गरेको अवस्थामा मान्छेको टाउको भेटिएको छ । पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याएको गिटीबाट कुकुरले तान्दै गरेको अवस्थामा मान्छेको टाउको भेटिएको हो ।  गिटीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको खबर आएपछि प्रहरी घटनास्थल गएको बैतडीका प्रहरी निमित्त प्रहरी प्रमुख लोकराज जोशीले बताए ।  घटनास्थललाई प्रहरीले अहिले घेरा हालेको र उक्त गिटी कहाँबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

सम्बन्धित समाचार