वैदेशिक रोजगारीका लागि बाहिरिने संख्या दैनिक ३ हजार ३ सयभन्दा धेरै

16.9k Shares

काठमाडौं/पछिल्लो समय दैनिक ३ हजार ३२७ नेपाली रोजगारीका लागि औपचारिक रूपमा विदेशिइरहेको सरकारी तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागका अनुसार गएको फागुनमा श्रमस्वीकृति लिएर ९९ हजार ८३९ नेपाली विदेशिएका छन् । यो पोहोर फागुनको तुलनामा २३ दशमलव २९ प्रतिशत बढी हो ।

पोहोर फागुनमा ८० हजार ९७७ नेपाली श्रमस्वीकृति लिएर विदेशिएका थिए । औपचारिक रूपमा रोजगारीका लागि विदेश जान विभागबाट श्रमस्वीकृति लिनुपर्छ । सरकारी तथ्यांकले दैनिक उक्त संख्याका नेपाली रोजगारीका लागि विदेश गइरहेको देखाए पनि वास्तविक संख्या भने त्योभन्दा निकै बढी छ ।  आजको आर्थिक अभियान दैनिकबाट

सम्बन्धित समाचार