बागमती प्रदेशका मुख्यमन्त्री कोरोना मुक्त

18.8k Shares
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना मुक्त हुनुभएको छन् ।
कोरोना पुष्टि भएको १० दिनपछि मुख्यमन्त्री पौडेल कोरोना मुक्त भएका हुन् । कात्तिक १५ शनिबार काभ्रेको धुलिखेलमा पुनःस्वाब परीक्षण गर्दा उहाँको रिपोर्ट नेगेटिभ आएको हो । यही कात्तिक ६ गते उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मधुमेहका बिरामी मुख्यमन्त्री पौडेलको जेठ महिना गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्र काठमाडौंमै मुटुको शल्यक्रिया गरिएको थियो । कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका उनलार्ई थप उपचारका नेपाली सेनाको हेलिकोप्टरमार्फत कात्तिक ७ मा काठमाडौं ल्याइएको थियो । उनका अनुसार मुख्यमन्त्रीलाई एक-दुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ ।
मुख्यमन्त्री पौडेलसँगै पौडेलकी श्रीमती विजया पौडेल, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई पनि कोरोना संक्रमण भएको थियो ।
मुख्यमन्त्रीकी श्रीमती पौडेलको पुनः परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ नै आएको बताइएको छ । सुरक्षाकर्मी, चालक र कार्यालय सहयोगी भने आइसोलेसनमै छन् ।
सम्बन्धित समाचार