५७ सय ४३ जनामा कोरोना संक्रमित पुष्टि

17.6k Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा हालसम्मकै ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको कोरोना परीक्षण गरिएकोमा ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।

आज ४४ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १४ हजार ६७६ जना संस्थागत आइसोलेसनमा र २९ हजार ८०० जना होम आइसोलेसनमा छन् ।

४ हजार ६५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

आज २ हजार ९९६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा हालसम्मकै बढी २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।

सम्बन्धित समाचार