काठमाडौं । चिकित्सा शिक्षा सुधारका माग राख्दै २८ दिनसम्म अनसन बसिसकेका डा गोविन्द केसी डिस्चार्ज भएका छन् । अनसन तोडेको १० दिनपछि पछि उनी डिस्चार्ज भएका हुन् ।
मंगलबार दिउँसो डा केसीलाई अस्पतालबाट डिस्चार्ज गरिएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका हुन् । चिकित्सकको सल्लाह अनुसार उनी डिस्चार्ज भएका हुन्। अनसन तोडिएपछि उनलाई त्रिवि शिक्षण अस्तपालको आइसियूमा भर्ना गरिएको थियो ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै २०६९ सालबाट पटक पटक गरी १९ पटकसम्म अनसन बसिसकेका छन् केसी । १९ औँ अनसन उनले भदौ २९ गते जुम्लाबाट सुरु गरेका थिए । स्वास्थ्य स्थिति खराब हुन थालेपछि असोज ६ गते काठमाडौँ ल्याइएको थियो । त्यसयता उनी त्रिवि शिक्षण अस्पतालमा थिए ।
असोज २५ गते सरकारसँग ८ बुँदे सम्झौता भएपछि डा गोविन्द केसीले २८औं दिनमा आज अनशन तोडेका थिए । शिक्षण अस्पतालका सरसफाई सहयोगी ४६ वर्षका विकास नेपालीबाट जुस खाएर उनले अनशन तोडेका हुन् ।