टीकापुरमा ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु

18k Shares

धनगढी/कैलालीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। टिकापुर नगरपालिका–१ ब्लक नम्बर ७ का तनविर अन्सारीका १८ महिने छोरा हारिसको सोमबार बिहान मृत्यु भएको हो।

सोही ठाउँमा पार्किङ गरिराखेको सु.प.प्र.०१–००२ त ६४८४ नम्बरको ट्याक्टर सडकमा निकाल्न क्रममा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टर चालकलाई  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार