भारतिय सेनाका सेनाध्यक्ष नरवाणे नेपाल भ्रमणमा आउंदै

17.4k Shares

भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे नेपाल भ्रमणमा आउने तय भएको छ ।

कोरोनाभाइरसका कारण उनी नेपाल आउने यसअघिको पूर्वनिर्धारित कार्यक्रम रद्ध भएकोमा पुनः नयाँ मिति तय भएको हो । स्थलसेनाध्यक्ष नरावणे कार्तिक महिनामा नेपाल भ्रमणमा  आउन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

भारतले नेपालको भुमि समेटेर नयां नक्सा जारी गरेसंगै नेपालले पनि कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समेटेर नक्सा जारी गरेयता दुवै देशबीच सम्बन्ध बिग्रिएको छ ।

त्यसयता दुवै देशबीच उच्च तहका भ्रमण हुन नसकिरहेको बेला भारतका २८ औं सेनाध्यक्ष नरवाणे कार्तिक १८ मा नेपाल भ्रमणमा आउन लागेका हुन् । नरवाणे सेनाअध्यक्ष भएदेखि नेपाल भ्रमणमा आएका छैनन् ।

तीन दिने नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गर्ने कार्यक्रम छ । त्यसका साथै प्रधानमन्त्री केपी शर्मा ओली,रक्षामन्त्री ईश्वर पोखरेल र आफ्ना नेपाली समकक्षी पूर्णचन्द्र थापासंग समेत उनले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । नरवाणे मुक्तिनाथ भ्रमणमा जाने कार्यक्रम समेत रहेको सैनिक स्रोतले जानकारी दिएको छ ।

हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतिय सेनाको मानार्थ उपाधि ग्रहण गरिसकेका छन् । तर, भारतिय सेनाअध्यक्षले पदभार ग्रहण गरेको एक वर्षभन्दा बढी भइसक्दा पनि अहिलेसम्म नेपाली सेनाको मानार्थको उपाधी ग्रहण गर्न पाएका छैनन् । उनको भ्रमणको यसअघि सवै तयारी भएपनि कोरोना भाइरसको महामारी र दुवै देशको बिग्रदो सम्बन्धले भ्रमणमा ढिलाई भएको थियो ।

सेनाध्यक्ष नरवाणेको नेपाल भ्रमणले भारतसंग बिग्रदो कूटनीतिक सम्बन्ध समुधुर हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार