पञ्चराम महर्जनको अध्यक्षतामा ललितपुर जिल्ला उसु संघ गठन

20.4k Shares

ललितपुर । ललितपुर जिल्ला खेलकुद विकास समितिको हलमा आज बुधबार ललितपुर जिल्ला उसु संघ गठन गरिएको छ ।
ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनको रोहबरमा ललितपुर जिल्ला उसु संघको अध्यक्षमा पञ्चराम महर्जनसहित निम्न पदाधिकारीहरु चयन गरिएको हो ।


अध्यक्ष महर्जनसहित उपाध्यक्षमा राम महर्जन, निराजन आले मगर, रोशन सिलवाल, सचिवमा मन्जुर महर्जन, कोषाध्यक्षमा उमेश महर्जन र सदस्यहरुमा बलराम नकर्मी, प्रदिप अवाले, प्रेम चन्द्र दर्लामी, सन्ध्या महर्जन, सुस्मिता श्रेष्ठ, विकास सिलवाल र सुलेमी सिं डंगोललाई सर्वसम्मतरुपमा चयन गरिएको हो ।
ललितपुर जिल्ला उसु संघमा पदाधिकारीहरुको गठनका साथै प्रदेश संघको संयोजकमा मन्जुर महर्जनलाई जिम्मा दिएको छ । चैत ४ र ५ गते हुने केन्द्रीय साधारण सभाको लागि ललितपुर जिल्ला उसु संघका अध्यक्षका रुपमा चयन भएका पञ्चराम महर्जनलाई पर्यवेक्षक र निराजन आले मगरलाई प्रतिनिधिको लरुपमा सिफारिस गरिएको छ ।

सम्बन्धित समाचार