'आफ्नो भेषभुषालाई संसारमा चिनाउँछु' - सिया घिसिङ तामाङ (मिस तामाङ २०२३ प्रतियोगी)

26.1k Shares

काठमाडौँ/अहिले पन्ध्रौँ 'मिस तामाङ २०२३' प्रतियाेगीता आयोजना भइरहेको छ । जसमा १६ जनाभन्दा बढी प्रतियाेगी फाइनलमा पुगिसकेका छन् ।  युवायुवतीहरुलाई आफ्नो मौलिक भाषा, भेषभुषा, संस्कार र संस्कृतिको बारेमा जानकारी गराई आफ्नो समुदाय प्रति प्रेम जगाउनका लागि कार्यक्रम आयोजना गर्न लागिएको हो । 

यहि आउँदो फागुन २० गते शनिबार छनौट हुने मिस तामाङ २०२३ मा अहिले अनलाइनबाट धमाधम भोटिङ दिने कार्य भइरहेकाे छ । यस्तैमा कन्टेस्टेन्ट नम्बर १३ का सिया घिसिङ तामाङ 'मिस तामाङ २०२३' प्रतिस्पर्धीमध्य एक हुन् । प्लस टु सकाएर यस प्रतियोगीतमा सहभागी भएकी उनी निकै उत्साहित देखिन्छिन् । आफुले यस प्रतियोगीतामा अवश्य मिस तामाङको उपाधी जित्ने विश्वास उनी राख्छिन् ।

भविष्यमा बिजनेस वुमेन भएर आफ्नो तामाङ भेषभुषालाई संसारमा चिनाएर तामाङ संस्कृतिलाई अगाडी बढाउन आफु सदैव समर्पित हुने उनी बताउँछिन् । समाजसेवामा पनि निकै रुची राख्ने उनी आजभन्दा २४ बर्षअघि आमा मंगलीमाया घिसिङ र बुबा सिताराम घिसिङकी छोरीको रुपमा मकवानपुरमा जन्मेकी हुन् । उनलाइ भाेट गर्न तल लिंकमा क्लिक गर्न सक्नुहुनेछ ।

https://globalonlinepay.com/model-details/63f2fcd8396f02379d01325a

सम्बन्धित समाचार