लिभरपुरको लज्जास्पद हार

20.5k Shares

एजेन्सी । डिफेन्डिङ च्याम्पियन लिभरपुलले प्रिमियर लिग फुटबलमा लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लासँग ७-२ को लज्जास्पद हार व्यहोरेको हो ।
घरेलु मैदान भिल्ला पार्कमा पाहुना टोली लिभरपुललाई पराजित गर्न ओलिए वाट्किन्सले ह्याट्रिक गरे । त्यस्तै ज्याक ग्रेअलिसले दुई तथा जोन म्याकगिन र रोज बाक्र्लीले एक-एक गोल गरे । लिभरपुलका लागि मोहम्मद सलाहले दुई गोल फर्काएका थिए ।
खेलको चौथो मिनेटमै एस्टन भिल्लाले अग्रता लिएको थियो । ओलिएले ग्रेअलिसको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । २२औं मिनेटमा ओलिएले ग्रेअलिसको पासमै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । ३३औं मिनेटमा लिभरपुलका लागि सलाहले गोल गर्दै खेलमा फर्किने प्रयास गरेका थिए । ३९औं मिनेटमा ओलिएले ह्‍याट्रिक पूरा गर्दै पहिलो हाफमा लिभरपुललाई ४-१ ले पछि पारे ।
५५औं मिनेटमा बाक्र्लीले गोल गरे । ६०औं मिनेटमा सलाहले रोबर्टो फिर्मिन्होको पासमा गोल गर्दै गोल अन्तर ५-२ को पारे । ६६औं मिनेटमा ग्रेअलिसले गोल गरे । ७५औं मिनेटमा ग्रेअलिसले व्यक्तिगत दोस्रो गोल गर्दै एस्टन भिल्लालाई ७-२ को फराकिलो जित दिलाए ।
योसँगै जारी सिजनमा लिभरपुलले पहिलो हार व्यहोरेको छ । चार खेल खेलेको लिभरपुलले ९ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ । तीन खेल खेलेको एस्टन भिल्लाले भने लगातार तीनवटै खेलमा जित निकाल्दै ९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ ।
 

सम्बन्धित समाचार