यौन अखडा बन्दै काठमाडौं उपत्यका

21.8k Shares

काठमाडौं, ८ फागुन । देशमा आर्थिक मन्दी छाएसँगै काठमाडौंको अधिकांश गेष्टहाउसहरुमा यौनजन्य गतिविधि बढ्दै गएको पाइएको छ ।

काठमाडौं उपत्यकाको अधिकांश गेष्टहाउसहरुमा पछिल्लो समय खुल्लम खुल्लारुपमा यौन धन्दा चलिरहेको छ । यसरी खुल्लमखुल्ला यौन धन्दा हुँदा पनि नजिकै रहेको प्रहरीहरुले भने रमिते बनेर हेरेको पाइन्छ । एयरपोर्टको सामुन्ने रहेको पत्रकार महासंघ र प्रेस काउन्सिलको ठिक पछाडि रहेको एक गेष्टहाउसका मालिकले ढुक्कैसँग भने, ‘हाम्रा गेष्टहाउस वरीपरी रहेको प्रहरी कार्यालयका घुमुवादेखि लिएर हाकिमलाई समेत हामीले सेटिङ मिलाएका छौैं, ग्राहकलाई ढुक्क भएर यौन तृष्णा मेटाउन भनिरहेको प्रष्टरुपमा देखिन्थ्यो ।’ 

यसैगरी, केएमसी हस्पिटलको नजिकै रहेको एक गेष्ट हाउसको मालिकले भने, ‘हामीले घुमुवा प्रहरी र तिनका हाकिमलाई समेत हप्ते नजराना बुझाउने गरेका छौं, त्यसैले त हामीहरु यहाँ टिक्न सकिरहेका छौं ।’ यी दुई गेष्ट हाउसका मालिकको भनाईले नै प्रष्ट हुन्छ उपत्यकामा यौन अखडा फस्टाउन प्रहरीले पनि साथ दिइरहेको छ ।

काठमाडौं उपत्यकाको विशेष गरी गंगबु, गौशाला, सिनामंगल, कोटेश्वर, रत्नपार्क, सुन्धारा, बागबजार, ठमेल, कलंकी, बल्खु र ललितपुरको सातदोबाटो, ग्वार्को, बालकुमारीका साथै भक्तपुरको कटुञ्जे, सल्लाघारी, ठिमी, नलिनचोकका अधिकांश गेष्टहाउसहरु यौन अखडाको हबको रुपमा देखिएको छ ।

अझ जो कसैले प्रत्यक्षरुपमा खुल्ला आकाशमुनि देख्न सक्छन् रत्नपार्कको आकासे पुल, बालाजु बसपार्कको पेटी, तिलगंगाको पुलको पेटी, सिनामंगलको केएमसी हस्पिटल वरीपरी रहेको यौनकर्मीले ग्राहकगँग गरेको वार्तालाप र मोलमोलाई गरिरहेको पाइन्छ । जानकारहरुका अनुसार काठमाडौं उपत्यकामा मात्र करिब २० हजार अवैध यौनकर्मीहरु प्रत्यक्षरुपमा यौनजन्य गतिविधिमा संलग्न रहँदै आएको बताउँछन् । 

उपत्यकामा अवैधरुपमा संचालन हुँदै आएको यौनजन्य गतिविधिको बारेमा प्रत्यक्ष रिर्पोटिङका क्रममा तिलगंगास्थित एक गेष्ट हाउसमा जाँदा त्यहाँ झण्डै एक दर्जन यौनकर्मी महिलाहरु देखियो । जब हाम्रा प्रतिनिधि गेष्टहाउसभित्र प्रवेश गरे, त्यहाँका एक कर्मचारी भन्दै थिए, तपाईंका पालो १५ मिनेटपछि आउँछ, त्यहाँ आराम गर्नुस् भन्दै नजिकको सोफा देखाउँदै कुन मदिरा पिउनुहुन्छ भनिरहेका थिए ।

यो त एउटा गेष्टहाउसको उदाहरण मात्रै हो । उपत्यकामा यस्तो सयौं गेष्टहाउस कोठीको रुपमा यसरी नै संचालित छन् । 

सम्बन्धित समाचार