दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमाअन्तर्गतका सेवा कटौती

9.1k Shares

काठमाण्डौ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमाअन्तर्गतका सेवा कटौती गरेको छ । प्रतिष्ठानले आर्थिक सङ्कट परेको भन्दै स्वास्थ्य बीमाअन्तर्गतका सेवा कटौती गरेको जनाएको छ  ।

राष्ट्रिय बीमा बोर्डबाट रकम नपाउँदा आर्थिक सङ्कटमा परेको प्रतिष्ठानले आउँदो जेठ १ गतेदेखि लागू हुने गरी बीमितहरूलाई इमर्जेन्सी सेवा र इमर्जेन्सी शल्यक्रिया बाहेकका सेवा स्थगित गरेको सूचना निकालेर जानकारी दिएको छ ।

यसैगरी तीन महिनाको निमित्त उपलब्ध गराइने औषधि एक महिनाका लागि मात्र उपलब्ध हुने पनि सूचनामा उल्लेख छ ।

बीमा सेवाअन्तर्गतका विभिन्न प्रयोगशाला परीक्षण सेवा पनि सीमित गरिएको छ । प्रतिष्ठानका अनुसार छातीको एक्सरे, ईसीजी, एचआईभी, ब्लड ग्रुप लगायतका १२ प्रकारका प्रयोगशाला परीक्षण हुनेछ । 

सम्बन्धित समाचार