वरिष्ठ आयुर्वेद विशेषज्ञ मृगेन्द्र श्रेष्ठले सर्वसाधारणका लागि घरमै लगाए शिवरात्रीको भोज

19.3k Shares

काठमाडौँ/नेपालका बरिष्ठ आयुर्वेद विशेषज्ञ मृगेन्द्र श्रेष्ठले शिवरात्रीको अवसर पारेर आफ्नै निवासमा सबैलाई मिष्ठान भोजन खुवाउनुुभएको छ । हरेक वर्ष शिवरात्रीको अवसर पारेर श्रेष्ठले यसपालि पनि बिशाल भोजको आयोजनालाई निरन्तरता दिनुभएको हो ।

इमाडोल वडा नं. १ मा आयोजना गरिएको उक्त शिवरात्री भोजमा कम्तीमा पनि ३०० जना व्यक्तिहरु प्रत्यक्ष सहभागी थिए । विहान १० बजेदेखि आयोजना गरिएको उक्त प्रसाद भोज बेलुकी ८ बजेसम्म निरन्तर चलिरहेको थियो ।

श्रेष्ठले यसअगाडी पनि आफ्नै निवासमा निःशुल्क प्रेसर, मुटु र सुगर जाँच गरेका थिए जसमा ५०० सयभन्दा बढी व्यक्तिहरु लाभान्वित भएका थिए । 

सम्बन्धित समाचार