प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन माग

18.5k Shares

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले न्यायालयलाई पूर्णता दिन सरकारसँग माग गरेका छन् । 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाएर न्यायालयलाई पूर्णता दिन माग गरेका हुन् । 

सर्वोच्च अदालत कामुको नेतृत्व रहेको वर्ष दिन भइसकेको भन्दै उनले यसप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल न्यायालयलाई पूर्णता दिन माग गरेका हुन् । 

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन ०७८ मा महाभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएपछि सर्वाेच्च अदालत कामुको नेतृत्वमा चलिरहेको छ । 

सम्बन्धित समाचार