जुवातास खेलिरहेका आठ जना पक्राउ

17.2k Shares

भक्तपुर/जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका ७ खरिपाटी कमेरेटोलबाट तास खेलिरहेको अवस्थामा सोही नगरपालिका बागेश्वरी कमेरेटार बस्ने ५८ वर्षीय केशव प्रसाद लामिछाने समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त ठाउँमा तास खेलिरहेको भन्न विशेष सूचानको आधारमा प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ७ हजार ३० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार