बार्सिलोनालाई शीर्ष स्थानमा ८ अंकको अग्रता

16.7k Shares

काठमाडौं, २३ माघ । स्पेनिस ला लिगामा सेभियालाई ३-० गोलको नतिजामा पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ ।

आइतबार राति सम्पन्न खेलमा बार्सिलोनालाई जित दिलाउन खेलको दोस्रो हाफमा जोर्डी आल्भा, गाभी र राफिन्हाले गोल गरे ।

आइतबार सम्पन्न अर्को खेलमा आत्माघाती गोल उपहार दिँदै रियल मड्रिड मार्लोकासँग पराजित भएको छ ।

मड्रिडका नाचोले खेलको १३औँ मिनेटमा गरेको आत्मघाती गोलमा मार्लोका तीन अंक जोडेको थियो।

हारसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी कम गर्ने मौका गुमाएको छ । भने, रियलको हारले बार्सिलोनालाई उपाधि यात्रा थप सहज बनेको छ ।

दोस्रो स्थानको रियलले २० खेलमा ४५ अंक जोडेको छ ।

बार्सिलोना ५० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

मार्लोका २८ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

सम्बन्धित समाचार