घट्यो सुनको मूल्य, बढ्यो चाँदी

7.1k Shares

काठमाडौँ । बुधबार (आज) मंगलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदी तोलामा रु ५ ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४४ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु तीन हजार १७५ मा कारोबार भइरहेको छ।

मंगलबार एक तोला सुन रु दुई लाख ४६ हजार ४०० र चाँदी रु तीन हजार १७० मा खरिदबिक्री भएको थियो।

सम्बन्धित समाचार