प्रधानमन्त्री प्रचण्ड र बिप्लवबीच बालुवाटारमा भेटवार्ता

20.3k Shares

काठमाडौं, २३ माघ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहालसँग भेट्नको लागि विप्लव अाईतबार साँझ बालुवाटार पुगेका हुन् ।

यसअघिको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको लागि विप्लव काठमाडौं आएको बुझिएको छ । भेटवार्तामा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरापनि सहभागी थिए ।

यसअघि महराले पार्टी एकता गर्नेगरि विप्लवसँग नवलपरासीमा पुगेर भेटवार्ता गरेका थिए । आजको भेटवार्तामा पनि दुई दलबीच एकता गर्नेबारे छलफल भएको बुझिएको छ ।

सम्बन्धित समाचार