सुन काण्डका फरार दावा शेर्पाको तस्बिर अर्कै दावा शेर्पाको बारे खण्डन

17.4k Shares

खिचडी सरकारको फाइदा उठाउँदै सुन तस्कर, ६५ किलो सुन कहाँ गयो ? आरोपित फरार शिर्षकमा गत माघ ३ गते प्रकाशित समाचारमा फरार भनिएकाहरुको राखिएको तस्बिरमा सिन्धुपाल्चोकका दावा शेर्पाको फोटोमा अर्कै दावा शेर्पाको तस्बिर परेका हुँदा सच्याइएको छ । 

माघ ३ गते प्रकाशित खोजतलास अनलाइनमा एमाले पार्टीका दावा शेर्पाको तस्बिर राखिनुपर्नेमा भूलबस नेपाली कांग्रेस तरुण दलका नेता सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिकाका स्थायी घर भएका दावा शेर्पाको तस्बिर परेको हुँदा सच्याइएको छ । फरार रहेका सुन तस्करहरुमा एउटा एमालेका वडाअध्यक्षसमेत रहेको स्रोतले दावी गरेको छ । भोटेकोशी गाउँपालिकाका तरुण दलका नेता दावा शेर्पालाई यसबाट पर्न गएको क्षतिप्रति खोजतलास अनलाइन टिम माफी चाहन्छ । सम्पादक


सम्बन्धित समाचार