17k
Shares
काठमाडौं। ग्रेटवाल मोटर्सको विभिन्न मोडलका गाडी किन्दा ५ लाखसम्म छुट पाइने भएको छ। नेपालका लागि ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता एमएडब्ल्यु अन्तर्गतको भिजी ईम्पेक्सले यो छुट अफर ल्याएको हो।
कम्पनीले ग्राहकहरुका लागि भनेर ‘वाई ग्रेट, सेभ विग’ अफर योजना ल्याएको हो। माघ ११ गतेबाट सुरु भएको यो अफर योजना नेपालभर ४५ दिनसम्म चल्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार योजना अन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको बीमा, एक्सचेन्ज बोनस, स्पट भ्यालुएसन र निःशुल्क एसेसरिज लगायत गरी कुल ५ लाख रुपैयाँ बराबरको फाइदा लिन सक्ने छन्।