पीडितलाई झन् पीडित बनाउँदै उच्च अदालत पाटन, पीडक न्याय खोज्न अख्तियार र मिडियामा

37.2k Shares

ललितपुर । पीडितलाई झन् पीडित बनाउँदै उच्च अदालत पाटनले पीडा दिने काम गरेको खोजतलासलाई वादी लक्ष्मीकृष्ण खड्गीले जानकारी गराएका छन् । पीडित भनिएका खड्गी उच्च अदालतका कर्मचारी गैरजिम्मेवारी कार्यको भन्डाफोर गर्न अख्तियार र मिडियामा समेत जाने जानकारी गराएका छन् ।

laxmi k khadgi 11.jpg
पीडित खड्गीका अनुसार उच्च अदालत पाटनले आफ्नै परिवार भित्रको लिखत बदर जालसाजी मुद्दा नं. ०८०DP १५६० को साँक्षी विजय महर्जन भन्ने नातीबाबु महर्जनलाई उच्च अदालतका श्रीमान्को आदेश दिए बमोजिम फाँट नम्बर ३ का कर्मचारीहरुले वादी खड्गीले श्रीमान्कै आदेश अनुसार उपस्थितिको लागि ३ नम्बर फाँटमा निवेदन दिएका थिए ।

laxmi k khadhi 9 adalat nibedan.jpg
तर, ३ नम्बर फाँटका कर्मचारी र प्रतिवादी सुनिल खड्गी, साँक्षी नविन खड्गीको समेत मिलोमत्तोमा साँची भनिएका पिन्छे बाबु महर्जनका छोरा विजय महर्जन भन्ने नातिबाबु महर्जनको निवेदकले दिएको घर नम्बर फरक पारी, नागरिकतामा भएको नाम नराखी र बाबुको नाम उल्लेख नगरी म्याद जारी गराई वडा नं. ३ मा पठायो । सो म्याद सम्बन्धित व्यक्तिकोमा नपुगेका कारण साँक्षीले म्याद नबुझी अदालत नै फर्कियो । 

laxmi k sir 4.jpg
यसरी पीडितले दिएको निवेदन अनुसार म्याद पठाएका कारण सो म्याद अदालतमै फर्किएपछि वादी लक्ष्मी कृष्ण खड्गीले सो म्यादबारे फाँटका कर्मचारीलाई निवेदन अनुसार म्याद नगएको जानकारी गराएपछि झन् पीडा दिँदै ३ नम्बर फाँटका कर्मचारीले ‘यस्तै हो’ भन्ने जवाफ दिए । 
यस्तो् जवाफ पछि वादी खड्गीले अब म के गर्ने त ? भन्ने प्रश्न गरेपछि फाँटका कर्मचारीले भने, ‘अब राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गर्नुस्,’ भनेपछि फेरि राष्ट्रिय दैनिकमा सूचना जारी गराउनको लागि उच्च अदालत पाटनमा निवेदन लेख्न खड्गी वाध्य भए । 
खड्गीले राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गर्नको लागि निवेदन दिएपछि उच्च अदालत पाटन ३ नम्बर फाँटका कर्मचारीले गोरखा पत्र दैनिकमा सूचना जारी गर्नको लागि पत्र काटेको थियो । पत्र काटेपछि गोरखापत्रमा जारी भएको सूचनामा पनि निवेदक लक्ष्मी कृष्ण खड्गीले दिएको निवेदन भन्दा झन् फरक पार्दै वडा नम्बर नै गलत हुने गरी सूचना प्रकाशित गर्नको लागि उच्च अदालत पाटनको फाँट नं. ३ का कर्मचारीले पत्र काटेपछि सूचनामै ललितपुर महाननगरपालिका वडा नं. ३ हुनु पर्नेमा ललितपुर महानगरपालिका वडा नं. ११ बनाई गोरखा पत्रमा सूचना प्रकाशित भयो । 

laxmi k khadgi 0 gorakhapatra.jpg
अचम्मको कुरा त के भने प्रतिवादी भनिएका सुनिल खड्गीका भाई अरोज कुमार खड्गी ललितपुर महानगरपालिका वडा नंं. ११ का वडा अध्यक्ष हुन् । गोरखा पत्रमा पनि आफैले साँक्षी राखेका वडा नं. ३ बे—वडाका विजय महर्जन भन्ने नातिबाबु महर्जनको वडा नं. ११ राखी सूचना जारी गर्दा पनि आफैले साँची राखेको व्यक्ति लुकाई अदालतलाई समेत गुमराहमा राख्ने काम वडा अध्यक्षले गरेको वादी लक्ष्मी कृष्ण खड्गीले आरोप लगाएका छन् ।
यसरी सर्वसाधारण जनतालाई अन्यायमा परेको बेला न्याय दिनको लािग राज्यले नै सम्पूर्ण अधिकार दिएको न्यायलयमा यस्तो गलत गतिविधि हुनु भनेको पीडितलाई झन् पीडा दिनु हो । यस्तो गतिविधि गर्ने कर्मचारीलाई सम्बन्धित निकायले छानविन गरी कारबाहीको दायरामा ल्याउनु पर्ने हो कि होइन भन्दै वादी लक्ष्मी कृष्ण खड्गीले खोजतलासलाई प्रतिप्रश्न गरेका छन् ।
आफ्नै परिवारका साक्षी
प्रतिवादी भनिएका सुनिल खड्गीका स्व. पिता प्रेमबहादुर खड्गी र अरोज कुमार खड्गीले साक्षीको रुपमा आफ्ना परिवार र नाताभित्रको कोही पनि राख्ने कानुनमा छैन । तर, वादी भनिएका लक्ष्मी कृष्ण खड्गीका परिवारलाई अंश विहिन बनाउनको लागि प्रतिवादी सुनिल खड्गी, अरोज कुमार खड्गीसमेतले आफ्नै परिवार भित्रका किरण खड्गी, सिद्धिरत्न खड्गी, स्व. जगतबहादुर खड्गी, स्व. मिमबहादुर खड्गी, प्रतिवादी भनिएका हाल ललितपुर महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अरोज कुमार खड्गीका पिता स्व. अमिरबहादुर खड्गी र भाई सुदिप कुमार खड्गीलाई साँक्षी राखिएको पाइएको छ । 

laxmi k sir sachi.jpg
रोचक कुरा त के छ भने साक्षी बसेका प्रतिवादी किरण खड्गी, सिद्धिरत्न खड्गी, सुदिप कुमार  खड्गी र स्व. जगतबहादुर खड्गीले पनि आफ्ना बुबाका पाँच दाजुभाई हुँदा हुँदै आफ्ना काका स्व. प्रेमबहादुर खड्गी एक्लै हो भनी सर्जमिन मुचुल्कामा साँक्षी बसी आफ्ना स्व. पिता हर्ष बहादुर खड्गीका पाँच दाजुभाईहरुमा चार दाजु भाईलाई लुकाएको प्रस्ट देखिएको लक्ष्मी कृष्ण खड्गीको भनाई रहेको छ ।
प्रतिवादी तथा साक्षी किरण खड्गी प्रेमबहादुर खड्गीका आफ्ना दाई सिद्धि बहादुर खड्गीका छोरा हुन् । किरण खड्गीले साक्षी बस्दा आफ्नै पिता सिद्धि बहादुर खड्गीलाई जिउँदो हुदाहुँदै प्रेम बहादुर खड्गी एक्लै हुन् भनी सर्जमिन मुचुल्कामा सहीछाप गर्ने व्यक्ति हुन् । 

laxmi sir 5.jpg

laxmi sir 3.jpg

सम्बन्धित समाचार