20k
Shares
काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा अप्रत्यासित रुपमा कोरोना भाइरस संक्रमितको संख्या बढ्ने क्रममा छ । २४ घण्टामा काठमाडौं उपत्यकामा ९३४ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ७४७ , भक्तपुरमा ७३ र ललितपुरमा ११४ कोरोना संक्रमित थपिएका छन् ।
जसअनुसार काठमाडौंमा ३०७ महिला र ४४० पुरुष, भक्तपुरमा २८ महिला र ४५ पुरुष, ललितपुरमा ४७ महिला र ६७ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।