19.7k
Shares
काठमाडौं/एकीकृत समाजवादी पार्टीका सांसद मेटमणि चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा पनि संविधान ध्वस्त पार्न सक्ने आरोप लगाएका छन्।
प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा सर्मथन गर्न रोष्टम पुगेका उनले ओली ‘बकुल्लाले माछा ढुके झै संविधान च्यात्न ढुकिरहेको’ दाबी गरे।
उनले ओलीप्रति लक्षित गर्दै आफूलाई सबैभन्दा माथि राख्ने प्रयास गर्दै संविधान मिच्ने कार्य भइरहेको बताए।
उनले भने, ‘झुटलाई सत्य सावित गर्न हजारौं पटक प्रयास भइरहेको छ’, ओलीप्रति लक्षित गर्दै उनले भने, ‘संविधान नजान्नेहरुले कोचिङ लिन जरुरी छ। प्रतिनिधि सभामा कोचिङ क्लासको व्यवस्था छैन होला तर आफ्नो तलब वा सेवा सुविधाबाट कटौती गरेर पठाउन आग्रह गर्दछु।’