एभरेष्ट बैंकले कमायो छ महिनामा १ अर्ब ५८ करोड

17k Shares

काठमाडौं/एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ५८ करोड खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो मुनाफा ८३ करोड ८९ लाख रुपियाँ थियो ।  

बैंकले आज प्रकाशित गरेको छ महिनाको वित्तीय विवरण अनुसार वितरणयोग्य मुनाफा २ अर्ब ८४ करोड रहेको छ । बैंकको चुक्तापूँजी १० अर्ब ६९ करोड छ । 

गत आवमा १ अर्ब १९ करोडमा सीमित सञ्चालन मुनाफा बढाएर २ अर्ब २६ करोड पुगेको छ । २ अर्ब १२ करोडमा सीमित खूद ब्याज आम्दानी ३ अर्ब ६७ करोडको पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ८० अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ५७ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष समीक्षा अवधिमा १ खर्ब ७२ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब बढी कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्षको रु २२.६० रहेको इपीएस बढेर २९.६९ रुपियाँ पुगेको छ भने सीडी रेसियो ८६.९९ प्रतिशत, ९.९७ प्रतिशत आधार दर कायम गरेको बैंकको पीई रेसियो १७.०८ गुणा कायम भएको बैंकको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ । 

सम्बन्धित समाचार