जाडोमा तातोपानीले नुहाउन झ्यालढोका बन्द गर्दै हुनुहुन्छ ? सावधान ! ज्यान जान सक्छ

21.1k Shares

काठमाडौं/अहिलेको चिसो मौषममा तातोपानीले नुहाउन झ्यालढोका बन्द गरेर नुहाउने बानी हुन्छ । तर यहि बानी कतिपयका लागि ज्यान जाने कारण पनि बन्न सक्छ ।

झ्यालढोका बन्द हुदा अत्यधिक ग्याँस जम्मा हुने र पर्यप्त हावा बाहिर भित्र हुन नपाउने भएका कारण मानिसको ज्यान जाने सम्भावना बढि हुन्छ । कतिपयको ज्यान बाथरुममा यसरी नुहाउदा पनि जाने गरेको छ ।

चिसोको समयमा झ्यालढोका बन्द गरेर हिटरलगायत विभिन्न सामग्री प्रयोग गरेर सुत्दा मानिसको ज्यान जाने गरेको डाक्टरहरु बताउँछन् । कोठामा जम्मा भएको ग्यास बाहिर जान नपाउँदा मानिसको ज्यान जाने गरेको उनिहरुको भनाई छ ।

झ्याल खोलेर मात्र हिटरलगायत विधुतिय सामान प्रयोग गर्न स्वास्थ्यकर्मीको सुझाव छ । सुरुमा टाउको दुख्ने र केही समयपछि निसास्सिएर मानिसको मृत्यु हुने गरेको स्वास्थ्यकमीले बताए । 

सम्बन्धित समाचार