बागमतीकाे मुख्यमन्त्रीमा माओवादी केन्द्रका शालिकराम जमरकट्टेल नियुक्त

17.6k Shares

बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र) का सांसद शालिकराम जमरकट्टेल मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

जमरकट्टेलले नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी नेकपा (एकीकृत समाजवादी) का ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए । जमरकट्टेल यसअघिको कार्यकालमा आन्तरिक मामिला मन्त्री अर्थ मन्त्री बनेका थिए ।

जमरकट्टेल २०६४ मा धादिङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । ११० सदस्यीय बागमती प्रदेश सभामा सरकार बनाउने ५६ सिट चाहिन्छ। प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका , नेपाल मजदुर किसान पार्टी हाम्रो नेपाली पार्टीका जना सांसद छन् । सत्तारूढ गठबन्धनका दलहरूले बागमतीको मुख्यमन्त्री माओवादी केन्द्र एमालेबीच आलोपालो गर्ने सहमति भएको छ ।

सम्बन्धित समाचार