ए डिभिजन लिगका लागि सबै क्लबले बुझाए 'इन्ट्री फर्म'

16.4k Shares

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगका लागि १४ वटै क्लबहरुले इन्ट्री फर्म भरेका छन् । यसअघि ११ क्लबले मात्र फर्म बुझाएकोमा मनाङ मर्स्याङदी क्लब, खुमलटार युथ क्लब र सातदोबाटो युथ क्लबले इन्ट्री फर्म भरेसँगै सबै १४ टोलीले इन्ट्री फर्म बुझाएका हुन् ।

योसँगै सबै क्लबहरुले तयारी खर्च वापतको पहिलो किस्ताको १५ लाख रुपैयाँ हात पारेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । यसअघि त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज युनाइटेड, मछिन्द्र क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा क्लब, थ्री स्टार, संकटा, न्युरोड टिम र नेपाल पुलिसले बुधवार इन्ट्री फर्म बुझाएका थिए । एन्फाले क्लबहरुलाई लिग तयारीका लागि कुल ३२ लाख उपलब्ध गराउने जनाएको छ ।

ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु गराउने एन्फाको तयारी छ । यसको टाइसिट ड्र माघ २ गते हुने एन्फाले जनाएको छ ।

सम्बन्धित समाचार