भक्तपुर । झण्डै ६ महिना अघिसम्म पत्रकारको रूपमा चिनिएका रबि लामिछाने अहिले देशको उपप्रधान तथा गृहमन्त्री जस्तो महत्त्वपूर्ण जिम्मेवारीमा छन् । पत्रकारको रूपमा उनी जति सफल र चर्चित हुन सफल भए अब गृहमन्त्रीको रूपमा त्यो सफलता हासिल गर्न सक्छन् सक्दैनन् त्यो प्रतिक्षाको बिषय छदैछ । उनी संचार क्षेत्रमा रहदा धेरै गलत कार्यहरूको उजागर मात्रै होइन फण्डाफोर पनि गर्न सफल पनि भए । उनले त्यतिबेला उपत्यकाका विभिन्न ठाउँमा फष्टाएको जुवा अखडाको धन्दा र बेश्यावृत्तिका बिरूद्व पनि धेरै फण्डाफोर मात्रै गरेनन् त्यस्ता काममा प्रहरीको साथ र सहयोग रहेको कुरा पनि सार्वजनिक गरे । अहिले उनी स्वयं गृह मन्त्रालयको कमाण्डर भएका छन् । अब उनले उठाएका यस्ता अबैध र गलत धन्दाको नियन्त्रण तर्फ चासो दिन्छन् या दिदैनन , त्यो हेर्न बांकी नै छ ।
भक्तपुरको जगाती, सांगा खरिपाटी र नगरकोट क्षेत्रमा धेरै होटल, लज रिसोर्ट र क्याबिन रेष्टुरेन्टहरूमा यस्ता गलत कार्य हुन्छन् भन्ने धेरै जनगुनासो आएपछि यस पत्रिकाका संवाददाता दुई दिन त्यस क्षेत्रका धेरै होटल, लज, रिसोर्ट र क्याबिनहरूमा अनुगमन एवं निरीक्षणका क्रममा जांदा थाहा भयो कि यी क्षेत्रमा रहेका केही होटल, लज, रिसोर्ट र क्याबिनमा खुलेयाम नै जुवातास र बेश्यावृत्ति समेत हुने गरेको देखियो । सूर्यविनायक क्रस गरेर जाने बित्तिकै सांगा चोकसम्म पुग्दा धेरै त्यस्ता ठाउँ भेटियो जहाँ यौन धन्दाका लागि क्षेत्र नै छुट्टाएर कटेजहरू बनाइएको रहेछ ।रिसोर्ट नाम दिएका त्यस्ता ठाउँमा १० देखि १५ वटासम्म कटेजहरू रहेको देखियो । त्यस्ता कटेजमा लोबेड र टेबुल राखेको देखियो । कतिपय कटेजमा ए्याट्याज वाथरूम देखियो भने कतिपयका साझा बाथरूम । कटेज भनिएपनि कोठा नै रहेको देखियो । अलि स्तरयुक्त कटेजको एक घण्टाको १५