सप्तरीका नाकाबाट तस्करी

20.5k Shares

राजबिराज    सप्तरीका विभिन्न नाकाहरूबाट अहिले खुलेयाम तस्करी धन्दा शुरू भएको देशको अर्थतन्त्र धरापमा पर्दै गएको  अवस्थामा  यसरी तस्करी धन्दा शुरू हुनुले झनै खतराको घण्टी बज्ने देखिन्छ ।सप्तरीमा प्रहरीको संरक्षणमा तस्करी धन्दा माैलाएकाे स्थानीय बासिन्दा बताउँछन्

भारदह नाकाबाट अनिल पजियारले कपडा  बुडन मुखियाले सूर्तिजन्य देखि अन्य  , पाताे सीमावर्ती क्षेत्रबाट अरूण देव यादव कपडा  महेश साह रक्सीकाे तस्करी धन्दा गर्छन् भने  अमित साह  सानू यादवले सिराहा नाकाबाट तस्करी गराई सप्तरी सम्म सामान ल्याउंछन उनीहरू दुबैले कपडाको ठूलो तस्करी गर्दै आएका छन् यी काराेवारीसंग सम्पर्क गर्ने काम जिल्ला प्रहरी कार्यालय सप्तरीका घुमुवा सहायक हवल्दार सत्यम ठाकुरले गर्दै आएका छन् घुमुवा ठाकुर दिनभर नै यिनै काराेवारीसंग हुने रकम उठाउने काम गर्दै आएको यहाँका व्यवसायीहरू बताउँछन् ठाकुरले उठाएको रकम असई उदयसिंह राजपुतलाई बुझाउने  राजपुत मार्फत एसपी अभिनारायण काफ्ले कहाँ पुग्ने गरेको अरूलाई देखावटी रूपमा कन्ट्रोलमा डियुटी देखाउने तर हप्ताको एक पटक मात्रै डियुटी पर्ने भए पछि असई राजपुत अन्य दिन बाहिर नै हुने गर्दछन। असई राजपुतकाे दरबन्दी धनुषा ढल्के स्थित गणमा भए पनि उनी सप्तरीमा काज मिलाएर गई क्राइम हेर्ने नाममा कहिले घुमुवा कहिले नाकाका चाैकीहरूमा कार्यरत रहदै आएका थिए तस्करी धन्दा यी घुमुवाकाे बारेमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता डिएसपी नरेश सिंहसंग जानकारी लिदा उनलेे त्यस्तो नभएको  बताए

सम्बन्धित समाचार