बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु

22.8k Shares

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि सत्तारूढ गठबन्धनको बैठक पहिलो पटक बसेको हो ।

बैठकमा प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन् ।

यस्तै, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, कृष्ण सिटौला, प्रवक्ता प्रकाश शरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल, जनमोर्चाका सचिव हिमलाल पुरी लगाएत नेताहरु सहभागी छन् ।

बैठकमा चुनावी समीक्षा र नयाँ सरकार निर्माणलगायतमा ‘पावर शेयरिङ’ बारे प्याकेजमा छलफल हुने बताइएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री, मन्त्रीलगायतका पद प्याकेजमै टुंग्याउने गठबन्धनको तयारी छ ।

सम्बन्धित समाचार