काठमाडौं । मोभिरा एच.आर.का सञ्चालक अनिल राईले नक्कली कागजातका आधारमा नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने गरेको खुलेको छ । वैदेशिक रोजगार ऐन २०६४ मा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले निरोगिताको प्रमाणपत्र,अभिमुखीकरण तालिम प्राप्त गरेको हुनु पर्ने उल्लेख छ भने विश्वभरी फैलिएको कोभिड १९ कोबुस्टर डोज लगाएको प्रमाणपत्र समेत वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले साथमै बोक्नु पर्ने हुन्छ । तर नेपालका म्यानपावर कम्पनीहरुले स्वास्थ्य परिक्षण समेत नक्कली बनाएर पठाउने गरेको खुलासा भएको छ ।
अभिमुखीकरण तालिम दिने संस्था र स्वास्थ्य व्यवसायीको मिलेमतोमा निरोगिताको नक्कली प्रमाण पत्र,ओरियन्टेसन व्यवसायी,म्यानपावर,मानव तस्कर एजेन्ट लगायत स्थास्थ्य मन्त्रालयका कर्मचारीको मिलेमतोमा अभिमुखीकरण तालिम र क्यूआर कोडको प्रमाणपत्र थमाएर वैदेशिक रोजगारीमा पठाउने गरीरहदा नियमनकारी निकाय वैदेशिक रोजगार विभाग अनभिज्ञ छ । नेपालबाट नक्कली निरोगिताको प्रमाणपत्र बनाएर वैदेशिक रोजगारीमा गए पनि सम्बन्धित मुलुकमा पुगेपछि स्वास्थ्य परिक्षण गरिन्छ । नक्कली स्वास्थ्य परिक्षण बनाएर गएका कामदारको सम्बन्धित मुलुकमा कुनै किसिमको रोग देखियो भने उनीहरुलाई नेपाल डिपोर्ट फर्काइन्छ । नेपाल आएपछि उनीहरुले कुनै पनि क्षतिपूर्ति पाउने व्यवस्था छैन । स्वास्थ्य परिक्षण गर्ने संस्थाले तीन महिनाभित्र स्वदेस फिर्ता भए सानो रकम व्यहोर्ने व्यवस्था भए पनि तीन महिना पुग्नै लाग्दा उनीहरुलाई वैदेशिक रोजगारीमा पठाउने गरिएको छ ।
स्वास्थ्य परिक्षण गरेको तीन महिना पुगेपछि क्षतिपूर्ति दिन स्वास्थ्य संस्था जिम्मेवार हुँदैनन्। यसरी कुनै रोग देखिए पनि नक्कली स्वास्थ्य परिक्षण