ललितपुर । ‘हुनेले दिएर जाउ, नहुनेले दिएर जाउ’ नाराका साथ संचालित ‘फुड बैंक’बाट लुभुका विपन्न वर्ग, दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने, अपांग, गर्भवतीलगायतका दुई हजार पाँच सय परिवार लाभान्वीत भएका छन् ।
भदौ २० गतेबाट सुरु भएको ‘फुड बैंक’ ले त्यस क्षेत्रमा बसोबास गर्ने २५ सय परिवारलाई खाद्यन्न सामग्री बितरण गरेको छ । लुभु महालक्ष्म्ी युवा क्लवले सञ्चालन गरेको ‘फुड बैंक’ बाट ११ हजार १ सय ३५ केजी चामल ६ हजार ५ सय ५० बोरा दाल, १ हजार ५ सय ६० लिटर तेल, ८ सय ६० केजी मस्योरा, ३ हजार ८ सय केजी नुन, १ हजार ३ सय ५० पिस सावुन, ७ सय ५० प्याकेट चाउचाउँ बितरण गरिएको उक्त क्लबका अध्यक्ष तथा तरुण दल क्षेत्र नं. २ ललितपुरका अध्यक्ष नविन्द्र देब सिंहले बताएका छन् ।
किक बक्सिङका राष्ट्रिय च्याम्पियन समेत भइसकेका सिंहले अभियानमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । आगामी दिनमा गरिने सामाजिक काममा यस्तै सहयोगको आशा पनि व्यक्त गरेका छन् ।
यहि असोज ३ गतेसम्म सञ्चालित ‘फुड बैंक’ को समापन कार्यक्रममा पुर्व मन्त्री एव नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारी, नेपाली काँग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्य, खेलकुद बिभाग सचिब मिनकृष्ण महर्जन लगायतको उपस्थिति रहेको थियो । ‘फुड बैंक’ संञ्चालन गरी सम्पन्न गर्ने काममा क्लबका सल्लाहकार एवम् काँग्रेसका स्थानीय नेता महेन्द्र देब सिंहको बिशेष भुमिका रहेको थियो ।