ललितपुर, ३ पुष । अरुणिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३ औं बार्षिक साधारणसभा सम्पन्न गर्नुका साथै आफ्नो नयाँ भवनको समेत उद्घाटन गरेको छ ।

पुस २ गते शनिबार ललितपुर महानगरपालिका वडा नं. १४ ताल्छिखेलस्थित आफ्नै नयाँ भवनमा १३ औं बार्षिक साधारणसभा गरेको अरुणिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ता र आफ्नो सहकारीको सम्पूर्ण शेयर सदस्यहरुको मन जित्न सफल बनेको छ ।

विगत लामो समयदेखि देशको अर्थतन्त्रलाई नै टेवा पुग्ने उद्देश्यका साथ संचालन गर्दै आइरहेको अरुणिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले लामो अथक प्रयास पछि ललितपुरकै मुटुमा रहेको ताल्छिखेलमा आफ्नो सुविधा सम्पन्न नयाँ भवनबाट कारोबार गर्न सफल बनेको सहकारीका अध्यक्ष रामशरण घिमिरेले बताए ।

१३ साधारण सभा तथा नयाँ भवन उद्घाटन प्रमुख अतिथि पूर्व मन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा वर्तमान प्रतिनिधि सभा सदस्य अर्जुन नरसिंह केसीले पानसमा बत्ती बालेर बार्षिक साधारणसभाको उद्घाटन गर्नुका साथै रिबन काटेर नयाँ भवनको उद्घाटन गरेका थिए ।
सो साधारण सभा तथा नयाँ भवन उद्घाटन कार्यक्रममा ललितपुर क्षेत्र नं. १ बाट गत मसिर ४ गते भएको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा विजयी भएका उदयशम्शेर राणा र क्षेत्र नं. १ प्रदेश ‘ख’ बाट विजयी भएका मीनकृष्ण महर्जनलाई प्रमुख अतिथि पूर्व मन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा वर्तमान प्रतिनिधि सभा सदस्य अर्जुन नरसिंह केसीले खादा तथा सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।

सो साधारण सभा र नयाँ भवन उद्घाटन कार्यक्रममा विशेष अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उदयशम्शेर राणा, नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य उर्मिला केसी, प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य मीनकृष्ण महर्जन तथा अतिथिहरुमा ललितपुर खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, ललितपुर क्षेत्र नं. १ नेपाली कांग्रेसका अध्यक्ष तथा समाजसेवी सुन्दरमान थिङलगायत रहेका थिए ।

