काठमाडौं । काठमाडौं बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र ९गंगालाल अस्पतालमा भर्ना भएका सात बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएपछि आकस्मिक बाहेक सबै सेठा बन्द गरेको छ ।
अस्पतालले आज सूचना जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको जनाएको छ ।
उपचाररत बिरामी कोरोना पोजेटिभ देखिएकाले थप सतर्कता अपनाउनुपर्ने भएकाले अर्को व्यवस्था नभएसम्मलाई आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको अस्पताल प्रशासनले सूचनामार्फत जनाएको छ ।
पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढेका छन् । सोमबार मात्रै ललितपुरको स्टार अस्पतालमा दुई, मेडिसिटी, अल्का र पाटन अस्पतालमा एक–एक गरी चारजना भर्ना भएका बिरामीमा पनि संक्रमण देखिएको थियो । यस्तै भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत चारजनामा पनि कोरोना संक्रमण देखिएको छ ।