एलोभेरा प्रयोगले देखिन्छन् यस्ता फाईदाहरु !

19.3k Shares

काठमाडौ - एलोभेरा अर्थात घिउकुमारीसौन्दर्य प्रशाधन र स्वास्थ्य क्षेत्रमा परिचित नाम हो । यो गर्मी एवं सुक्खा जलवायुमा उब्जाउ हुन्छ । यो वर्षौंको लागि आयुर्वेदिक औषधि बनाउन प्रयोग गरिँदै आएको छ । एलोभेरा जेलले हामीलाई घामबाट बच्न र घाउ निको पार्न मद्दत गर्छ । यसका लाभहरु यस्ता छन ।

घिउकुमारी प्रयोगका फाईदाहरु

–मुख सफा राख्न

–मधुमेह नियन्त्रण गर्न

–मुटुको जलनबाट मुक्ति

–कब्जियतको समस्या समाधान

–पोषक तत्वबाट मुक्ति

मधुमेह नियन्त्रण गर्न

दैनिक दुई चम्चा एलोभेरा जुसको सेवनले रगतमा चिनीको मात्रा घटाउन सहयोग गर्छ । यसलाई कुनै जुस वा पानीसँग पनि सेवन गर्न सकिन्छ । तर सेवन गर्ने जुस ताजा फलबाट तयार पारेको हुनुपर्छ ।

मुटुको जलनबाट मुक्ति

ग्यास्ट्रोसफोजिएल रिफ्लक्स डिजिज एक पाचनसँग सम्बन्धित समस्या हो । जसको कारणले मुटुमा धेरै जलन हुदे गर्छ । यो समस्या भइरहेको छ भने करिब आधा आधा घण्टा पहिले १ देखि ३ मात्रा एलोभेरा जुसको सेवन गर्नुहोस् । यसबाट जीईआरडीको समस्याबाट राहत पाउनको लागि मद्धत पुग्छ ।

मुख सफा राख्न

२०१४ मा इथोपियन जर्नल अफ हेल्थ साइन्समा प्रकाशित एक अध्ययनलाई मान्दा बजारमा पाइने केमिकल युक्त माउथवासको साँटो घिउकुमारी सबैभन्दा प्रभावकारी विकल्प हो ।

कब्जियतबाट राहत पाउन

घिउकुमारीमा ल्याक्जेटिभ गुण हुन्छ । जसले पेट सफा गरेर कब्जियतबाट जोगाउन पनि सहयोग गर्छ । यसमा फाइबरको मात्रा पनि धेरै मात्रामा पाइन्छ । जुन खानेकुरालाई राम्रोसँग पचाउनको लागि सहयोगी हुन्छ ।

कलेजोको कार्य

घिउकुमारीको रस कलेजोको स्वास्थ्यको लागि एउटा उपयुक्त तरिका हो । तपाईंको शरीर पर्याप्त पोषण र पानीको मात्रा भयो भने कलेजोले पनि राम्रो काम गर्ने गर्छ । 

सम्बन्धित समाचार