काठमाडौँ – महिलाको लागि मात्र नभएर पुरुषका लागि पनि आफ्नो तौल बढि भएकोमा चिन्ता लाग्ने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् । यो समस्या त्यति बेला झनै बढि ठूलो बनिदिन्छ, जतिबेला तपाइ आफ्नो पार्टनरको सामुन्ने जान पनि लज्जा महसुश गर्नुहुन्छ । मोटोपनको असर व्यक्तिको यौनजीवनमा प्रत्यक्ष पर्न जाने गर्दछ । यस्तो अवस्थामा तपाइले आफ्नो तौल घटाउनुभयो भने यौनजीवन मात्र नभएर अन्य समस्याबाट पनि छुट्कारा पाउन सक्नुहुनेछ । यसकारण पनि तपाइ आफ्नो जीवनमा सुखमय यौन आनन्द उठाउन चाहानुहुन्छ भने आफ्नो तौल तत्काल घटाउन जरुरी छ ।
विज्ञहरुका अनुसार तपाइको तौल बढि छ अथवा तपाई ओभरवेट हुनुहुन्छ भने यसले रक्तवाहिनी नलिमा अतिरिक्त अर्को तह बनाएर नलि साँघुरो हुने गर्दछ र रक्तप्रवाह कम हुन पुग्दछ । यौनविज्ञका अनुसार धेरैजसो ओभरवेट भएका मानिसहरु यौनसम्पर्कका बेला चरम उत्कर्षमा पुग्न सक्दैन् । यसका कारण खास यौनमज्जा लिनबाट मोटा मानिसहरु प्रायः चुक्ने गर्दछन् ।
स्वस्थ सम्बन्धका लागि दुवै पार्टनरबीच अन्तरंग कुराकानी हुन जरुरी छ । एक अर्काको करिब आउनका लागि कुनै संकोच वा लाज नहुनु पनि उत्तम यौनसम्बन्धको एक कडी हो । मोटोपना भएकै कारण पार्टनरको नजिक हुन डराउनु वा लाज मान्नुले यौनजीवन सुखमय नहुन सक्छ ।
यदि तपाइ यौनसमपर्कको शुरुवाती चरणमै थाक्नुहुन्छ वा श्वास फुल्न थाल्छ भने यो बुझ्नुहोस् की तपाइको तौल बढि भइरहेको छ र घटाउनै पर्ने भएको छ । तौल बढि हुँदा शरीरमा शक्ति तथा स्टामिनाको मात्रा कम हुन पुग्दछ । यस्तो अवस्थामा आफ्नो तौल घटाएर तपाइ यौनको मज्जा लिन सक्नहुन्छ ।