एनएमबी बैंकले गर्यो नगद लाभांश घोषणा

17.8k Shares

काठमाडाैँ - एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको  बैठकले आर्थिक वर्ष २०७८-०७९ को नाफाबाट वितरण गर्ने  लाभांश घोषणा गरेको हाे ।

बैंकले हाल कायाम चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण गरिने बैंकले जनाएको छ ।

८.२५ प्रतिशतले हुन आउने १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २४१ रुपैयाँ ६४ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव बैंकले गरेको हो  । साथै कम्पनीले बोनस सेयर प्रस्ताव गरेको छैन  ।

सम्बन्धित समाचार