17.4k
Shares
धादिङ । ना.४ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर धादिङको गल्छी गाउँपालिका ६, चरौंदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ । ट्याङ्कर चालक र सहचालक कहाँ छन् जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए । नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ । अहिले उद्धार भइरहेको प्रहरीले जनाएको छ । -रासस