किड्नी फेल भएका १० प्रतिशतको मात्रै प्रत्यारोपण

20.4k Shares

‘नेपालको अहिलेको जनसंख्या ३ करोड मान्ने हो भने ३० लाख व्यक्ति मिर्गौला रोगबाट पीडित छन्’, सुमेरु अस्पतालका युरो तथा किड्नी ट्रान्सप्लान्ट सर्जन डा। वीरेन्द्रप्रसाद यादवले खोजतलाससँगको स्वास्थ्य वार्ताका क्रममा भने, ‘३० लाखमध्येमा पनि मिर्गौला फेल भएका बिरामीको अनुपात वार्षिक ३ हजार छ । प्रत्यारोपण केन्द्र धेरै नभएरै होला मिर्गौला फेल भएमध्ये १० प्रतिशतको मात्रै मिर्गौला प्रत्यारोपण हुन्छ’ प्रत्यारोपणका लागि अनुमति ९लाइसेन्स० प्राप्त गरेका ८ वटा अस्तालमध्ये अहिले ७ वटाले मात्रै सेवा सुरु गरेका छन्’, डा यादवले भने, ‘तीमध्ये पनि चितवन मेडिकल कलेजले अहिले लगभग प्रत्यारोपण सेवा बन्द नै गरिसकेको अवस्था छ ।’

विद्यालय शिक्षादेखि एमएससम्मको यात्रा कस्तो रह्यो, बताइदिनुस् न ?

विद्यालय शिक्षा मेरो धेरै ठाउँमा भएपनि म जन्मेकै ठाउँ सिराहको विष्णुपुरबाट एसएलसी पास गरेको हुँ । नेपाल चिया विकासमा जागिरे मेरो बुबा जहाँ–जहाँ सरुवा हुनुभयो, त्यहाँ त्यहाँ अध्ययन गर्दै गएँ । आइएससी सकाएपछि म १९९४ एमबीबीएस पढ्न रुस गएँ । २००१ मा रुसबाट एमबीबीएस सकेर नेपाल फर्केपछि सुरुमा विराटनगरको कोशी क्षेत्रीय अस्पतालमा काम गर्ने अवसर जु¥यो । त्यहाँ मैले ५ वर्ष जति काम गरेँ । एमबीबीएसले मात्रै नपुग्ने देखेर एमएस युरोलोजी पढ्न म फेरि सन् २००७ मा रुस गएँ । एमएस सकेपछि २०११ सालमा नेपाल फर्र्कें । दुवै तहका पढाइ मैले परिवारकै खर्चमा पढेको हुँ ।

मिर्गौला बिरामीको उपचार कहाँबाट सुरु भयो ?

एमएसको डिग्रीसहित नेपाल आएको म डायालासीसिम मेसिन जडान भइसकेको बीर अस्पतालबाट मिर्गौला बिरामीको उपचारमा खटिन थालेको हुँ । बीर अस्पतालमा केही वर्ष काम गरेपछि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा संलग्न भएँ । बीर अस्पतालकै टिम मिलेर केन्द्र बनेको हो । सुरुवातकै चरणदेखि काम गर्न थालेको केन्द्रमा मैले ५ वर्ष बिताएछु । निजी अस्पतालहरूले पनि मिर्गौला प्रत्यारोपणका लाइसेन्स लिन थालिसकेपछि अढाई वर्ष अगाडिदेखि म सुमेरु अस्पतालसँग जोडिएको हुँ ।

मिर्गौला फेल भएका कति प्रतिशतको प्रत्यारोपण भएको छ ?

नेपालको अहिलेको जनसंख्या ३ करोड मान्ने हो भने ३० लाख व्यक्ति मिर्गौलासम्बन्धी कुनै न कुनै रोगबाट पीडित छन् । ३० लाखमध्येमा पनि मिर्गौला फेल भएका बिरामीको अनुपात वार्षिक ३ हजार छ । प्रत्यारोपण केन्द्र धेरै नभएरै होला मिर्गौला फेल भएमध्ये १० प्रतिशतको मात्रै मिर्गौला प्रत्यारोपण हुन्छ ।

प्रत्यारोपण सेवा कहाँ कहाँ उपलव्ध छन् ?

बीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, निजी अस्पतालमा सुमेरु, ग्राण्डी, निदान, चितवन मेडिकल कलेजमा मात्रै यो सेवा छ । प्रत्यारोपणका लागि ८ वटा संस्थाले अनुमति ९लाइसेन्स० प्राप्त गरेका छन्, तर ७ वटाले मात्रै सेवा सुरु गरेका छन् । एक पटकको लाइसेन्सको अवधि २ वर्षको मात्रै हुन्छ । लाइसेन्स नविकरण गर्दै जानुपर्छ । लाइसेन्स पाएको ६ महिनाजति समय सुमेरु अस्पताललाई पूर्वाधार तयार गर्न लाग्यो । प्रत्यारोपणको अनुमति पाएको डेढ वर्ष यता सुमेरुले सफलतापूर्वक ५ वटा प्रत्यरोपण गरिसकेको छ ।

सुमेरु अस्पतालमा रोकिएको प्रत्यारोपण कहिलेबाट सुरु गर्ने योजना छ ?

लकडाउनका कारण सुमेरुमा प्रत्यारोपण कार्य रोकिएको छ । लकडाउन केही खुकुलो भएसँगै साउनदेखि हामीले प्रत्यारोपण कार्य सुरु गर्र्ने योजना बनाइसकेका छौं । मिर्गौला प्रत्यारोपण गर्ने प्रतिक्षाको सूचीमा १०–१५ जना बिरामी हुनुहुन्छ । यो सूची लामो हुने क्रममा छ । बिरामीबाट मेरो कहिले पालो आउँछ भन्ने जिज्ञासा आइरहेको छ । लकडाउनका बेला अहिले नआउनुस् हामीले प्रत्यारोपण सेवा दिन सकिरहेका छैनौं भनेका थियांै, लकडाउन अलि खुकुलो भएसँगै बिरामीले सम्पर्क गर्न थालिसक्नु भएको छ । ५ औं चरणका मिर्गौला बिरामीले प्रत्यारोपण गराउनै पर्छ ।

मिर्गौला रोगलाई खर्चिलो मानिन्छ नि ?

मिर्गौला खर्चिलो रोग हो । आज डायालासीस ग¥यो, भोलिका लागि मात्रै बाँच्ने भन्ने हुन्छ । सातामा दुई पटक डायालासीय गराउनै पर्छ । डायालासीस सेवा सहरमै मात्रै उपलव्ध छ । डायालासीस क्षणिक उपचार विधि हो भने प्रत्यारोपण यसको दीर्घकालीन विधि हो । एक चोटी खर्च गरेपछि १२–१५ वर्षसम्म प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्छ । त्यसैले बिरामीले तथा उनका आफन्तले मिर्गौला प्रत्यारोपणलाई जोड दिनुपर्छ । प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्दासम्म औषधि भने खानुपर्छ । प्रत्यारोपण गरिएको मिर्गौला अर्को शरीरबाट ल्याएर राखिएको हुनाले हाम्रो शरीरले उसलाई चिन्दैन त्यसैका लागि औषधि खानु परेको हो । प्रत्यारोपण गरेको पहिलो वर्ष १५–२० हजार रुपैयाँ बराबरको औषधिले पुग्छ भने त्यसपछिका वर्षमा यो औषधिको परिमाण घटाउँदै जानुपर्छ । अर्को कुरा मिर्गौलाको उपचार सहर–बजारमा मात्रै उपलब्ध छ । सहरको बसाइ महँगो हुन्छ ।

डायालासीस सेवाका बारेमा बताइदिनुस् न ?

बीर अस्पतालमा दुईवटा डायालासीस मेसिनबाट सुरु भएको यो सेवा अहिले उपत्यका र बाहिर गरी ६ सय भन्दा बढी मेसिनसम्म आइपुगेको छ । एउटा डायालासीस मेसिनबाट दिनमा ३ जना बिरामीको डायालासी गर्न सकिन्छ । यो हिसाबले महिनामा ६–७ सय बिरामीले डायालासीस सेवा पाइरहेका छन् । ५ हजार भन्दा बढी बिरामीले डायालासीस गराइ रहेका छन् । सातामा दुई पटक डायलासीसी गराउनै पर्छ । अझ कतिपयलाई त सातामा तीन पटकसम्म डायालासीस गर्र्नुपर्छ । डायालासीस गरूञ्जेल बिरामी बाँच्छ, छाडेपछि उसको मृत्यु हुन्छ ।

मिर्गौला प्रत्यारोपणपछि बिरामी कति समयपछि सामान्य अवस्थामा फर्कन सक्छ ?

मिर्गौला प्रत्यारोपणपछि बिरामी पहिल्यैको जीवनमा फर्कन्छ । खाना बार्नु पर्दैन । डायालासी गर्दा बार्नु पर्छ । डायालासीसको चरणमा समाजले घृणाको नजरले हेर्छ, प्रत्यारोपणपछि यो अवस्था अन्त्य हुन्छ । परिवारिक जीवनमा सहजै फर्कन सकिन्छ । मिर्गौला प्रत्यारोपण गरेको ६ महिना पछि बिरामीले सामान्य शारीरिक व्यायम पनि गर्न सक्छ । प्रत्यारोपण शल्यक्रिया अढाइदेखि ३ घन्टा भित्र सकिन्छ । सुरुवात दाताबाट गरिन्छ । त्यसपछि लिने व्यक्तिको । मिर्गौला प्रत्यारोपण गरिएको बिरामी १० दिन भित्र घर फर्कन सक्छ । नेपाल भित्रै प्रत्यारोपण गर्नेको संख्या १६ सय भन्दा बढी पुगिसकेको छ ।

प्रत्यारोपणका लागि दाताको दायरा बढाउन तपाईको भूमिका कस्तो रह्यो ?

पहिला मिर्गौला प्रत्यारोपणका लागि दायरा साँघुरो थियो । अहिले हामीले प्रत्यारोपणको दायारा बढाएका छौं । ट्रान्सप्लान्ट कमिटिको सदस्य भएको नाताले पनि यो दायारा बढाउन हामी सफल भएका हौं । मन्त्रीस्तरीय निर्णयबाट गठन हुने यो कमिटिमा नौ सदस्य रहन्छन् । चारजना मनोनित सदस्य हुन्छन्, अरु पदेन सदस्य छन् । डा।ऋषिकुमार काफ्ले, डा।दिब्या सिंह, डा।राकेशकुमार बर्मा र म मनोनित सदस्यका रूपमा कमिटिमा बसेर काम गरिरहेका छौं । समितिमा हाम्रो संलग्नता भएपछि प्रत्यारोपणको दायरा बढाएर तीन पुस्ता अर्थात् ५० नातेदार भित्रका व्यक्तिले मिर्गौला दान दिन पाउने बनाएका हौं । ‘पियर एक्सचेन्ज’ को सुविधा थिएन पहिला । यो भनेको कस्तो हो भने, मेरो परिवार भित्रका कसैको मिर्गौला बिरामीसँग मिलेन, तर अर्को परिवारका कुनै सदस्यको मिल्छ भने यी दुई परिवारले एकले अर्कालाई मिर्गौला साटासाट गर्न पाउछन् ।

मष्तिष्क मृत्युपछि अंगदान घोषणा गरेका वा परिवारको अनुमतिमा त्यस्ता मानिसको पनि मिर्गौला झिकेर प्रत्यारोपण गर्न सकिने व्यवस्था छ । मष्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला पहिला कुन बिरामीलाई दिनुपर्ने हो त्यो प्राथमिकता निर्धारण गरिएको छ । सोही आधारमा पनि प्रत्यारोपण कार्य अघि बढाउन सकिन्छ ।

सुमेरु अस्पतालले प्रत्यारोपण सेवा कसरी दिइरहेको छ ?

सुमेरुले सुरुका २ जना बिरामीको मिर्गौला प्रत्यारोपण निःशुल्क गरेको हो । तेस्रो प्रत्यारोपण हामीले ५० प्रशितशत शुल्क लिएर गरेका हौं । नेपाल सरकारले तोकेको ४ लाख रुपैयाँमा आधा छुट दिएर तथा औषधिमा पनि ५० प्रतिशत छुट दिएर प्रत्यारोपण गरेका हौं । बाँकी २ जना बिरामीका लागि हामीले ८ लाखको प्याकेज ल्याएका थियौं । सरकारको तोकेको प्रत्यारोपण शुल्क तथा आवश्यक एटिजीसहितका औषधि खरिदका लागि रकम जम्मा गर्नुपर्ने हाम्रो प्याकेज थियो । त्यो प्याकेजमा प्रत्यारोपण गर्दा बिरामीको साँढे ६ लाख खर्च भयो । नेपाल सरकारले तोकिदिएको ४ लाख रुपैयाँ  तथा एटिजीलगायतका औषधिका लागि थप अढाइ लाख खर्च गर्ने गरी हामीले प्रत्यारोपण गरिरहेका छौं । हाम्रोमा प्रत्यारोपणमा सात लाख रुपैयाँ भन्दा माथि खर्च भएको छैन ।

विदेशमा र नेपालमा मिर्गौला बिरामीको अनुपात कस्तो पाउनुभयो ?

म त विदेशमा पढेर आएको डाक्टर । त्यहाँ पनि मिर्गौलाका बिरामी नहुने भन्ने हुँदैन । बिरामी हुने अनुपात पनि उस्तै उस्तै नै छ । अज्ञानताका कारण हाम्रोमा अलि बढी मिर्गौलाका बिरामी भए जस्तो लाग्छ मलाई ।

मिर्गौला रोगलाई ‘साइलेन्ट किलर’ किन भनिएको हो ?

मिर्गौला रोगलाई ‘साइलेन्ट किलर’मानिन्छ । मानिसमा कुनै समस्या नदेखिकनै मिर्गौला बिग्रन सक्छ । खानपिनको बानीले मिर्गौला बिग्रने हो । हामी जथाभावी खान्छौं, शारीरिक व्यायम पनि त्यसरी गर्दैनौ । मधुमेय, उच्च रक्तचापका बिरामीले समयमा मिर्गौलाको परीक्षण गर्दैनन् । मधुमेय भएको मानिसले जे पनि खाइदिँदा त्यसको असर मिर्गौलामा सोझै पर्छ । हाम्रो यस्तो बेपरवाहा बानीले मिर्गौलामा खराबी आइदिन्छ । अहिले हामी कहाँ आएका अधिकांश केसहरू यस्तै छन् । सुगर र प्रेसर कारणकै कारण किड्नी फेलियर हुने मुख्य कारणहरू हुन् । अन्य रोगका  कारण पनि किड्नीमा असर गर्छ । हाम्रो बानी कस्तो छ भने सामान्य टाउको दुख्दा पनि ‘पेन किलर’ खाइ हाल्ने । यो बानीका कारण हामी आफैंले मिर्गौला बिगारी रहेका छौं ।

आनीबानीले मिर्गौला रोग निम्तन्छ भनिन्छ नि ?

मिर्गौला रोग वंशाणुगत होइन । स्वस्थ्य जीवनशैली अप्नाएमात्रै पनि हामी मिर्गौला रोगी हुनबाट बच्न सक्छौं । अहिले सहरिय मानिसहरू हाम्रा पूर्खाले अवलम्वन गरेको जीवन शैलीमा विस्तारै झर्न थालेको देख्दा मलाई खुसी लागेको छ । बिहान ५ बजे उठिसक्ने । योगा–व्यायम गर्ने वा खेतवारीमा काम गर्ने । बिहान १०–११ बजे भित्र खाना खाइसक्यो । साँझ अध्याँरो नहुँदै खाना खाइसक्ने बानी बसाउन थालेका छन् । ६ बजे भित्र खाना खाएर ९–१० बजे सुत्दा  हामीले खाएको खाना पचिसकेको हुन्छ । यो बानीले मिर्गौलालाई स्वस्थ्य राख्न धेरै राम्रो भूमिका खेलेको छ । मोटोपना प्रेसर–सुगरका कारक हो । मोटोपनाका कारण देखा पर्ने रोगका कारण हाम्रो मिर्गौला बिग्री रहेको छ । पर्याप्त पानी नपिउँदा विकार फिल्टर गर्नुपर्ने मिर्गौलाको मुख्य काममै असर पुग्दछ । यसले मिर्गौलामा ढुंगा ९स्टोन० देखिन्छ । हाम्रोमा त कस्तो पनि छ भने महिलाहरू बाहिर हिँड्नु पर्दा पानी खाइदिँदैनन् । पिसाब गर्ने ठाउँ पाइँदैन भनेर यसो गरेको भनिन्छ । पानी नखाँदा मिर्गौलाले गर्नु पर्ने काम गर्न पाएन ।

मिर्गौला दातालाई पछि समस्या देखिँदैन ?

दाता स्वस्थ्य व्यक्ति हुने भएकाले उसलाई समस्या हुँदैन । हाम्रो भनाइ नै छ पुन्य काम गर्ने व्यक्तिलाई दुःख अप्ठ्यारो आइपर्दैन । दाताले के सोच्छ भने मैले एउटा किड्नी दिएको छु, मैले मेरो शरीरको ख्याल गर्नुपर्छ । खानपिनको समय व्यवस्थापन उसले राम्रैसँग गर्छ । शरीरको जाँच गराइरहनु पर्छ भन्ने चेत हुन्छ । हाम्रो अनुभवले के देखाएको छ भने दुवै मिर्गौला भएका मानिस भन्दा एउटा मात्रै मिर्गौला भएको वा एउटा मिर्गौला दान गरेको मानिस धेरै बाँचेको छन् । एउटा मात्र मिर्गौलाले शरीर भित्र गर्नुपर्ने काम राम्रोसँग गर्छ । प्रत्यारोपण गरिएको किड्नीले औषतमा १३ देखि १५ वर्षसम्म काम गर्छ ।

सुमेरुको सचेतना अब कहिलेबाट सुरु हुन्छ ?

सुमेरुको मिर्गौला बचाउने सचेतना कार्य कोभिड–१९ का कारण रोकिएको छ । भीड भाडमा कोरोना भाइरस सर्न सक्ने खतरा अधिक भएकाले हामीले शिविर सञ्चालन गर्न सकिरहेका छैनांै । कहिले सुरु हुन्छ यो अहिले नै भन्न सक्ने अवस्था छैन ।

कोरोनाले के सिकायो ?

अहिले हामीलाई कोरोना भाइरसका कारण आएको संकटले धेरै सिकाएको छ । हिँडडुल गर्दा मास्क लगाउनु पर्छ भन्ने यसैले सिकायो, सामाजिक दूरी कायम गर्नुपर्छ भन्ने सिकायो, भीडभाड हुने स्थानमा जानु हुँदैन भनेर सिकायो । मिर्गौला बिरामीलाई हामीले त्यही भन्थ्यौं तर उहाँहरूले मान्नु हुन्थेन । अहिले सबैले मास्क लगाउने तथा सामाजिक दूरी कायम गरेको देख्खा खुुसी लागेको छ ।

मिर्गौला रोगमा उमेर समूहले प्रभाव पार्छ ?

मिर्गौला रोग लाग्न मानिसको उमेरको कुनै भूमिका हुँदैन । हामीले १२ वर्षदेखि ६५ वर्ष सम्मका मानिसको मिर्गौला प्रत्यारोपण गरेका छांै । मिर्गौला लिने मान्छे ५ वर्षदेखि ६५ वर्षको हुनुपर्ने तथा दाता १८ देखि ६५ वर्षको हुनुपर्ने नियम नै छ ।

कसरी स्वस्थ्य राख्ने मिर्गौला ?

जीवन शैलीमा परिवर्तन गरे मात्रै मिर्गौला रोग लाग्नबाट बच्न सकिन्छ । धुम्रपान, मध्यपान गर्नु भएन । मासु पनि राम्रोसँग पकाएर मात्रै खानुपर्छ । दैनिक शारीरिक व्यायम गर्ने, वर्षको एक पटक आरएफटी गर्ने, पिसाब जाँच गर्ने तथा एक पटक भिडियो एक्सरे गरेर हेर्दा पनि हाम्रो मिर्गौला कुन अवस्थामा छ भनेर जान्न सकिन्छ । सुगर–प्रेसरका बिरामीले ६–६ महिनामा यी जाँच गर्दा मिर्गौलालाई बचाउन सक्छन् । मिर्गौला रोग महँगो छ, उपचार पनि सर्वसुलभ पनि छैन । मिर्गौला ८० प्रतिशत बिग्रिए पछि मात्रै बिरामीलाई थाहा हुन्छ । ५० प्रतिशत मिर्गौला बिग्रिएको कुरा चेकअप गरेपछि मात्रै थाहा हुन्छ । ५० प्रतिशत मिर्गौला बिग्रिएका कोही पनि बिरामी उपचारका लागि आउँदैनन् । किन भने उसलाई रोग लागेको  थाहै हुँदैन । ३ लाखको किड्नी बिग्रन थालेको छ । त्यसमा ३० हजार व्यक्ति किड्नी नराम्रोसँग बिगारेर बसेका छन् । ३ हजार मानिस वर्षेनी डायालासीस चाहियो भनेर आइरहेको अवस्था छ ।

सम्बन्धित समाचार