डोटीमा वडाध्यक्ष जोशीको निधन

20.8k Shares

डोटी - डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति निधन भएको छ । उहाँको हृदयघातका कारण निधन भएको हो ।  

बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढल्नुभएको पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिनुभयो । उहाँको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । उहाँको हृदयघातकै कारण निधन भएको जिल्ला अस्पतालका डा सोहन शाहले बताउनुभयो । 

जोशी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।  

सम्बन्धित समाचार