बिराटनगर । मोरङ प्रहरीले भन्सार छली तस्करीलाई खुल्ला छुट दिएको छ । प्रहरीकै संरक्षणमा मोरङका सीमानाकाबाट तस्करी बढेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइरालाले बिराटनगरका विभिन्न कारोबारीहरुबाट दस्तुरी संकलनका लागि घुमुवा परिचालन गरेका छन् ।
असईबाट प्रहरीमा भर्ना भएका एसपी कोइराला बढीमा एसएसपीसम्म मात्र हुने भएकाले उनी क्यारियर भन्दा पनि समृद्धितिर बढी आसक्त भई देश निर्वाचनमा होमिएका बेला कमाउधन्दामा लिप्त भएको आरोप छ । त्यही नीति अन्तर्गत उनले दरबन्दी अन्यत्रै भएका प्रहरीलाई एसपी कोइरालाले घुमुवा राखी अतिरिक्त आम्दानीका लागि परिचालन गर्दैआएका छन् । प्रदेश नं १ का प्रहरी कार्यालय बिराटनगरका प्रमुख डीआइजी सुदिप गिरीको कार्यालयभन्दा ५ किलोमिटरको पेरिफेरीकै रानी जस्ता सीमा नाकाबाट तस्करी खुल्ला हुँदा पनि उनको नजर पुग्न नसक्नु अर्को आश्चर्यको बिषयका रुपमा लिइएको छ । डीआइजी गिरीलाई अब्बल अधिकृतका रुपमा प्रहरीमा चिनिन्छ ।
उनी आफूलाई पनि त्यही रुपमा प्रस्तुत गर्दछन् । तर मोरङका सीमा नाकाबाट भइरहेको तस्करी नियन्त्रणमा उनले चासो नदिएपछि तस्करको प्रभाव त्यहाँ पनि परेको अर्थ लगाउन थालिएको छ । एसपी कोइरालाले जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर पप्पु नायकको नेतृत्वमा सादा पोशाकमा घुमुवा परिचालन गरेका छन् । नायकको नेतृत्वमा दरबन्दी नै मोरङमा नभएका हवल्दार युवराज खत्री र दीपक गिरीलाई खटाइएको छ । इलामको सामलाबुङ प्रहरी चौकीमा दरबन्दी भएका हवल्दार युवराज खत्रीलाई जिल्ला प्रहरी कार्यालय मोरङमा काजमा राखी घुमुवाका रुपमा सादा पोशाकमा खटाएका छन् ।
रौतहट दरबन्दी भएका सिपाही दीपक गिरीलाई पनि<